दीपिकाको एक्स–ब्वाइफ्रेन्डले विवाह गर्दै

काठमाडौ । दीपिका पादुकोणको एक्स–ब्वाइफ्रेन्ड अभिनेता निहार पाण्ड्याले विवाह गर्ने भएका छन् । उनले यहि भ्यालेन्टाइन डेको दिन बलिउड गायिका नीति मोहनसँग लगनगाँठो कस्न लागेकाे भारतीय  मिडियाले जनाएका छन् ।

करिअरको शुरुवाती दिनमा प्रेममा रहेका निहार र दीपिका केहि समयपछि भने छुट्टिए । दीपिकाले केहि महिनाअघि इटालीमा नायक रणवीर सिंहसँग विवाह गरेपछि अब निहारले पनि आफ्नी प्रेमिका नीति मोहनसँग बिवाह गर्न लागेका हुन् ।

नीति र निहारको विवाह भारतको हैदराबादको चर्चित फलक फलकनुमा हुनेछ । यहि ठाउँमा २०१४ मा सलमान खानकी बहिनी अर्पिता खान र आयुष शर्माको विवाह भएको थियो ।

नीतिले ‘इश्क वाला लभ’, ‘इंडिया वाले’ लगायतका चर्चित गीतहरु गाएकी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।