धनगढीद्वारा काठमाडौंलाई १ सय ३३ रनको चुनौति

काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको तेश्रो सिजनको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेनलाई १ सय ३३ रनको चुनौति दिएको छ ।

धनगढीको फाप्ला मैदानमा टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको हो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन, सन्दीप रजालीले २८, र पवन सराफले १९ रन बनाए । यस्तै सुनिल धमलाले ३ र रोहन मुस्तफा ० रनमा पेभेलियन फकँर्दा सौरभ खनाल २५ र सोमपाल कामी ० रन नटआउट रहे ।

धनगढीलाई १ सय ३२ मै रोक्नको लागि काठमाडौंँका नन्दन यादवले २, ललित राजबंशी र अंकित दबासले समान एक/एक विकेट लिए ।
अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।

५ ओभरको समाप्तीमा काठमाडौंले विना विकेटको क्षति ३१ रन बनाएर खेलिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।