Nic

दुर्घटनाका घाइते नेता पौडेललाई सहयोग जारी

नारायण थापा

भक्तपुर । सवारी दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयदेखि थला परेका नेपाली कांग्रेसका जिल्ला नेता रोशन पौडेललाई विभिन्न क्षेत्रबाट सहयोग जारी रहेको छ ।

आइतबार पौडेलको चाँगुनारायण नगरपालिका–५ स्थित घरमै पुगेर तरुण दल भक्तपुरले नगद १५ हजारसहित चामल, बिस्कुट, हर्लिक्सलगायत १५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ । तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले एक कार्यक्रमका बीच सहयोग सामग्री हस्तान्तरण गर्नु भएको हो ।

पाँच वर्षअघि सवारी दुर्घटनामा घाइते भएका पौडेल अझै अर्धचेत अवस्थामै रहेका छन् । उनी आफूले आफैलाई चिन्न सक्ने अवस्थामा छैनन् र उनको यो अवस्थाले गर्दा परिवारको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ ।

युवा नेता पौडेल भक्तपुरका सक्रिय नेता थिए । उनी विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा भक्तपुरमा उत्रेका थिए । निकै मिजासिला एवं लोकप्रिय नेताका रुपमा उनी चीरपरिचित थिए । भक्तपुरबाट निजी निवास चाँगुनारायण जाने क्रममा सवारी दुर्घटनमा सख्त घाइते भएका पौडेल बाँच्न सफल भएपनि अर्धकोमाजस्तै अवस्थामा रहेका छन् । उनका एक छोरी र एक छोरा छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…