Nic

‘निराशा फैलाउने स्वार्थी तत्त्वबाट सचेत रहनुहोस्’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनतामा निराशा फैलाउन स्वार्थी तत्त्वहरुले प्रयास गरिरहेको हुँदा त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको छ ।

सोमबार गृह मन्त्रालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताका अपेक्षाअनुसार काम गर्ने आधार तयार भइरहेका बेला जनतालाई निराश बनाउने अनुचित प्रयास भइरहेको बताउनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्रन नदिनका लागि चैत दोस्रो साता हुन लागेको लगानी सम्मेलन भाँड्ने तत्त्वहरु सक्रिय भइरहेको दाबी गर्नुभयो ।

मुलुकलाई अन्धकार युगमा राखिरहे प्रयास भइरहेको भन्दै उहाँले त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो । केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस्ता कार्य सह्य हुन नसक्ने चेतावनी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।