Nic

धनगढी प्रिमियर लिगः काठमाडौं ४ विकेटले विजयी

काठमाडौं । धनगढी प्रिमियर लिगको पहिलो खेलमा काठमाडौं गोल्डेन ४ विकेटले विजयी भएको छ । धनगढी स्टार्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको काठमाडौंले ६ विकेट गुमाएर १ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।

जितको लागि काठमाडौंका अंकित डाबसले २९, गौरव तोमरले २८, अनिल शाहले २४, ज्ञानेन्द्र मल्लले ३, सोनु तामाङले २, योगेन्द्र सिंह कार्कीले २ रन बनाए । त्यस्तै मोहम्मद आलम १२ र बिक्रम भुषाल १४ रन नटआउट रहे ।

धनगढीका रोहन मुस्तफाले ४ तथा आमिर हायात र बिपिन खत्रीले समान एक/एक विकेट लिएता पनि त्यसले जित दिलाउन सकेन ।

त्यसअघि धनगढीको फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन, सन्दीप रजालीले २८, र पवन सराफले १९ रन बनाएका थिए । यस्तै सुनिल धमलाले ३ र रोहन मुस्तफा ० रनमा पेभेलियन फकँर्दा सौरभ खनाल २५ र सोमपाल कामी ० रन नटआउट रहे ।

धनगढीलाई १ सय ३२ मै रोक्नको लागि काठमाडौंँका नन्दन यादवले ३, ललित राजबंशी र अंकित दबासले समान एकरएक विकेट लिए ।

प्लेयर अफ द म्याच काठमाडौंका अंकित दबास बने ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स भिड्नेछन् । फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…