रेलमा काटिएकी दुई किशोरीको यस्तो रहस्य !

खेम बम

काठमाडौं । आइतबार रहस्यमय घटना सार्वजनिक भयो । सामान्य अर्थमा बुझ्दा रेलको लिकमा काटिएर दुई किशोरीको मृत्यु भयो । अहिले आएर घटनाले फरक मोड लिएको छ । ती किशोरी नेपाली मुलकी हुन् । सीमावर्ती शहर रक्सौलको दक्षिणी गाउँमा अवस्थित रेल्वे लिकमा मृत भेटिएका दुई नेपाली किशोरीको कोठामा ‘सुसाइड नोट’ भेटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा उनीहरु बस्ने डेराबाट ‘सुसाइड नोट’ फेला पारेको हो । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारी बस्ने निभाकुमारी साह र सोही गाउँपालिका–३ हरिहरपुर बस्ने किरण चौरसियाको शव रेलको लिकमा क्षत विक्षत अवस्थामा फेला परेको थियो । उनीहरु दुबैजना कक्षा ११ मा पढ्थे । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले उनीहरुको मृत्युको बिषयमा केही बोलेको छैन ।

‘सुसाइड नोट’ भेटिएपछि उनीहरुले स्वईच्छाले मृत्युवरण गरेको प्रहरी बताउँछ । तर, प्रहरीको आधिकारिक र अन्तिम निर्णय भने यो होईन । मृतक किशोरीका आफन्तले तिनीहरु त्यहाँ कसरी पुगे भन्ने बिषय शंकास्पद रहेको बताएका छन् । रक्सौलबाट दुई किलोमिटर दक्षिणको गाउँमा उनीहरु किन र कसरी गए भन्नेबारे अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा रक्सौलबाट दिल्ली जाँदै गरेको १५२७३ नम्बरको सत्याग्रह एक्सप्रेस रेलले उनीहरुलाई किचेको थियो । घटनास्थलबाट भारतीय प्रहरीले फेला पारेको फुटेको मोबाइल र निभा कुमारीको वीरगञ्ज पब्लिक स्कुलको कक्षा ११ को आइडी कार्डका आधारमा उनीहरुको सनाखत भएको थियो । कक्षा ११ मा पढ्ने किरण चौरसियाको विवाहका लागि भर्खरै फूलमाला भएको थियो । कोठामा भेटिएको ‘सुसाईट नोट’ माथि किरणले इन्गेजमेन्टमा पाएको घडी र प्लाष्टिकको फूलसमेत राखेकी थिइन् । किरणको केही दिन पहिलेमात्रै विवाहको मिति समेत तय भइसकेको थियो । चौरसिया परिवारलाई केटापक्षले तीन दिन पहिले नै दाइजो स्वरुप ४ लाख रुपैयाँसमेत बुझाइसकेको स्थानीयको दाबी छ ।

‘सुसाइड नोट’मा उनीहरुले मृत्युको जिम्मेवार कोही नभएको लेखेकी छन् । रातो अक्षरले लेखिएको नोटमा आफू बाँच्नुको कुनै अर्थ नभएको लेखिएको छ । माता–पिता हामीले केही गर्न सकेनौ । जीवनमा गर्नुपर्ने धेरै थियो तर अपूरै रह्यो भनिएको छ । प्रत्यक्षदर्शीका अनुसार डेराबाट उनीहरु आइतबार बिहान साढे ६ बजेतिर एकैसाथ निस्केका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।