Nic

बिहेमा चाहे अनुसारको गीत नबजाउँदा हतियार प्रहार

बसन्त लिम्बू
ताप्लेजुङ । बिहेमा आफुले चाहे अनुसारको गित नबजाएको विषयमा विवाद हुँदा ताप्लेजुङमा ३ जना घाईते भएका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ सिमलबोटेमा आइतबार राती आफूले भनेजस्तो गीत नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गीत नबजाएको बिषयमा युवाहरुबीच विवाद भएको थियो । विवादका क्रममा सोही स्थानका ४–५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका ३८ वर्षीय कर्ण बहादुर सुनुवार, ३० वर्षका पेम्बा शेर्पा र ३२ वर्षका पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागि घाइते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मोहनप्रसाद ओली फोनको प्रतिक्षामा थिए । जनता समाचार डटकमले केही दिनअघि सामाजिक सञ्जालमा आएको अन्तरवार्तालाई अनलाइनमा उतारेको थियो…

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…