Nic

सपनाका पथमा चम्किदै अनु

काठमाडौं । हरेक मान्छेले जन्मदै कर्म लिएर आएको हुन्छ , त्यसलाई समयमै चिन्न सके कर्म सफलता तर्फ उन्मुख हुन बेर लाग्दैन । त्यस्तै एक उदाहरण हुन करातेकी राष्ट्रिय खेलाडी अनु अधिकारी । कुनै बेला अनावस्यक तौल घटाउन डोजोमा कराते खेल्न थालेकी उनको हाल आएर त्यहि खेलनै कर्म बनेको छ । स्कुल स्तरिय, भ्यालि च्याम्पीयन, जिल्ला स्तरीय च्यम्पियन हुदै अनु बिगत ५ बर्ष देखि शसस्त्र प्रहरीको एपिएफ क्लबबाट खेल्दै आइरहेकी छिन् ।

अन्तराष्ट्रियरुपमा धेरै पटक सहभागिता जनाउदै अनुले हंगेरीमा भएको विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण, अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा समेत स्वर्ण जितिसकेकी छिन् । यस बर्ष २०१९ मा नेपालमा हुने भनिएको राष्ट्रिय खेलकुदको आठौँ सिरिजमा स्वर्ण जित्ने सपना सहित तालिममा ब्यस्त रहेको अनु बताउछिन् । खेलाडिको अंन्तरंग जिवन पनी पाठक, दर्शकको लागि रुचिको एक पक्ष मानिन्छ । अभिभावले स्टाफ नर्स बनाउने सपना देखे पनी अनुको लेखान्त अर्के थियो । हुनत अनुले कक्षा १२ सम्म होटल म्यानेजमेन्ट लिएर पढेकी थिइन् तर खेलमा जम्दै गएका कारण त्यसलाई निरन्तरता दिन सकिनन् र स्नातकमा बिषय परिवर्तन गरी बिबिएसमा एकाउन्ट बिषय लिएर पढेको उनले बताइन् ।

संधै ब्यस्त रहने अनु समय मिलाएर २ वटा स्कुलमा कराते प्रशिक्षकको रुपमा कार्यरत छिन् । कराते खेलाडि भएको कारण सामन्यतय गेटअपले नै मान्छेहरुले चिन्ने हुदा अन्य युवतिहरुलाई जस्तो जिस्काउने हिम्मत गरी नहाल्ने अनुको अनुभव छ । संधै एकनासको दैनिक तालिकाले मोनोटोनस हुदैन त भन्ने हाम्रो जिज्ञाशामा अनुले समय मिलाएर साथिहरु संग कहिलेकाही फिल्म हेर्न जाने गरेको बताउछिन् उनि । त्यस्तै उनको एक रुचि परिकार कलामा समेत रहेको हामिले थाहा पाएर उनलाई जनता टेलिभिजनको कार्यक्रम सेलिब्रटी किचनमा अतिथीको रुपमा निम्ताएका थियौँ । मिठो र नम्र स्वभावकी धनी अनुले कार्यक्रममा स्वादिष्ट आलुको अचार बनाएकी थिइन् ।

भिडियो हेर्नुस्

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…