सुगठनको स्वर्णपदक बिजेता खेलाडीलाई सम्मान

काठमाडौं । थाइल्याण्डको च्याङमाइमा हालै सम्पन्न भएको विश्व शारिरीक सुगठन प्रतियोगितामा स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाई गैरआवासिय नेपाली संघको खेलकुद विभागले एक समारोहकाबीच सम्मान गरेको छ ।

विभागले सुगठनमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रको गौरव र प्रतिष्ठालाई माथि उठाएको भन्दै सम्मान गरेको हो । महर्जनलाई राखेप सदस्य एवम् प्रमुख अतिथी इन्दिरा निरौला उपाध्यायले नगद पुरस्कार र एनआरएन खेलकुद नेपाल च्याप्टर संयोजक स्वयम्भुराज डंगोलले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रम कुलेश्वरस्थित न्यू हेराइजन स्कुलमा सम्पन्न भएको थियो ।

पुरस्कारका लागि गैरआवासिय नेपाली संघ खेलकुद विभागका केन्द्रीय अध्यक्ष राजु मानन्धर, सल्लाहकार सुवास श्रेष्ठ र खेलकुद विभागकै ओसेनिया संयोजक भुपाल सिटौलाले आर्थिक सहयोग गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।