६६ जिल्लाका सर्वसाधारण मिलेर यसरी चलाए टेलिभिजन ? (भिडियोसहित)

काठमाडौं । सञ्चार उद्यम आफैँमा जनताको पेटबोली हुनुपर्छ । जनताको आवाज नै सञ्चार हो । सञ्चारमाध्यमको प्रमुख लक्ष्य सर्वसाधारण जनता मात्र होइन, आवाजविहीनको पनि मुखपत्र हो सञ्चारमाध्यम । र, नेपालमा यस्तो एउटा अभ्यास गरिएको थियो ८ वर्ष अघि कि, सर्वसाधारण जनताले अस्पताल, सहकारी, संस्था, विद्यालय चलाएजस्तै सञ्चारगृह चलाउन सक्ला कि नसक्ला ? ६ वर्षको आन्तरिक गृहकार्यपछि त्यसले आकार पायो । १९ महिना अघि जनता टेलिभिजन पूर्ण प्रसारणमा आयो । रेडियो जनता ८९.१ मेघाहर्ज पनि २४ सै घण्टा प्रसारणमा आएको छ । अर्थात् ६६ जिल्लाका सर्वसाधारणको सामुहिक सपना हो  जनता प्रसारण तथा प्रकाशन लिमिटेड ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेड शुरुमा प्रकाशन गृहका रुपमा स्थापित भएको हो । अशल पुस्तक प्रकाशन गृहको सपना साकार भएपछि यसले टेलिभिजन, अनलाइन र रेडियोको पनि आकार लिएको हो ।

जनमुखी, जनउत्तरदारी, जिम्मेवार सञ्चारकर्म नै हाम्रो मूल मन्त्र हो । आगामी दिनमा यहाँहरुसँगकै सहकार्यमा हामी अझ जिम्मेवार सञ्चारगृहका रुपमा क्रियाशील रहने प्रतिवद्धतासहित फेरि एकपटक सबैमा शुभकामना बाँड्न चाहन्छौँ ।

जनभावनामा ‘सदरमुकाम’ र ‘सुदूर’ भन्ने शब्द हुँदैन । मुलुकको ‘माटो’ जहाँ छोए पनि ‘राष्ट्र’ एकैचोटि ‘जागरुक’ हुन्छ । यो दूरीविहीन आचरण नै ‘समाचार’ हो । ‘बाइलाइन’ अर्थात् जिम्मेवार पत्रकारिता । ‘राज्यदृष्टि’मा देशभित्र ‘दूरी’ हुँदैन । कार्यक्रम बाइलाइनको एपिसोड हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।