दिल्लीमा ४ वर्षयताकै चिसो

भारत । हिमाली र उच्चपहाडी भागमा हिमपात भएसँगै राजधानी नयाँदिल्लीको तापक्रम ह्वात्तै घटेको छ ।

चिसो हावाका कारण सोमबार दिल्लीको तापक्रम ४ वर्षयताकै कम मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दिल्लीको अधिकतम तापक्रम सामान्यभन्दा १ डिग्री सेल्सियस घटेर २२.३ डिग्री सेल्सियस भयो भने न्यूनतम तापक्रममा ३ डिग्री सेल्सियस घटेर ७ डिग्री सेल्सियसमा झरेको छ ।

यो भन्दा पहिला २०१४ को ११ फेब्रुअरीमा यहाँकाे अधिकतम तापक्रम २० र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म झरेको थियो । यहाँकाे मौषम विभागले १३, १४ र १५ गते पानी पर्ने सम्भावना देखाएको छ । अब भने त्यहाँको तापक्रम नबढ्ने भारतीय मौषम विभागले जनाएको समाचारमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।