Nic

डिपिएलमा क्रिकेटमा आज दुई खेल

काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत आज दुई खेल हुदैँछन् ।

फाप्ला मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सीवाइसी अत्तपरिया र धनगढी स्टार्स भिड्दैछन् । सीवाइसी अत्तररिया आज पहिलो खेल खेल्दैछ भने धनगढी स्टार्स सोमबार काठमाडौं गोल्डेनसँग ४ विकेटले पराजित भएको थियो । अत्तरिया आजको खेल जितेर विजयी शुरुवात गर्न चाहन्छ भने धनगढी पनि आफ्नो पहिलो जित दर्ता गराउने दाउमा रहनेछ । अत्तरिया दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टीम हो भने धनगढीको कप्तानी सोमपाल कामीले सम्हालेका छन् ।

यस्तै दिउँसो १ बजे हुने दोश्रो खेलमा विराटनगर किङ्ग्स र रुपन्देही च्यालेन्जर्स आमनेसामने हुँदैछन् । २०१७ र २०१७ को डिपिएलमा भएका तीन खेलमा विराटनगरले तीनै खेल जितेको थियो । पहिलो खेलमा जित निकालेको रुपन्देही उच्च मनोवलका साथ मैदान उत्रदा विराटनगर पनि पहिलो पहिलो जितको खोजीमा रहनेछ । पहिलोपटक कप्तान बनेका करण केसीले विराटनगरलाई सम्हाल्दा रुपन्देहीको कप्तानी बसन्त रेग्मीले गरेका छन् ।

फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…