हग डेः अंकमाल गर्दा स्वास्थ्यलाई हुने यी ५ फाइदा

काठमाडौं । अहिले भ्यालेन्टाइन वीक चलिरहेको छ । हग डे भ्यालेन्टाइन डे भन्दा दुईदिन अगाडी मनाइन्छ । जुन कुरा शब्दले अभिव्यक्त गर्न सकिदैँन त्यस्ता कुराहरु अंकमाल गरेर अभिव्यक्त गर्न सकिन्छ ।

यो दिन प्रेमी–प्रेमिकाको साथमा मात्र नभएर आफ्ना नजिकका आफन्त र घरपरिवारसँग पनि मनाउने गरिन्छ । अंकमालले माया बढाउनुका साथै स्वास्थ्यमा पनि एकदमै सकारात्मक फाइदा पुर्याउँछ ।

अंकमाल गर्दा दुई व्यक्तिबीचको देब्रे छाती (मुटु) छुनेगरी गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसले शरीरमा सकारात्मक उर्जा प्रदान गर्छ ।

यी हुन् अंकमाल गर्नुका फाइदाः

१. अंकमाल गर्नाले शरीरमा भएको हार्मोन अक्सिटोनिसको स्तर बढ्छ जसने मुटु स्वस्थ्य राख्न मद्दत गर्छ ।

२. अंकमाल गर्नाले ब्लडप्रेसर पनि सन्तुलनमा रहन्छ । ५९ जनामा गरेको एक अनुसन्धानमा नियमित साथीसँग अंकमाल गर्नेको ब्लडप्रेसर सन्तुलनमा देखिएको हो ।

३. आफुले मनपरेको मानिससँग अंकमाल गर्दा नताव कम हुनुका साथै दिमाग पनि तेज चल्ने गर्छ ।

४. अंकमाल गर्नाले दिमागमा सेरोटोनिन हर्मोनको उत्पादमा वृद्धि हुन्छ । जसकारण मुड फ्रेस हुन्छ । त्यस्तै काम गर्ने क्षमता पनि बढ्ने एक अनुसन्धानमा पाइएको छ ।

५. ४ सय मानिसमा गरेको एक अध्ययनमा अंकमाल गर्ने व्यक्तिहरुलाई बिरामीको सम्भावना कम हुन्छ । जसलाई आफ्नो पार्टनरको सहयोग बढी हुन्छ त्यस्ता ब्यक्तिहरु एकदमै कम मात्र बिरामी हुनेगर्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।