बालबालिकालाई मोबाइल र टिभी हेर्न दिनु कति अनुचित ?

काठमाडौं । प्रविधिको बिकाससँगै मानिसको जीवनमा सहजता आएको छ । यो सँगै विभिन्न रोग पनि भित्रिएका छन् । जो मानिसले कमै रुपमा थाहा पाउछन् ।

ब्रिटेनमा गरिएको एक अनुसन्धानले  बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग स्वास्थ्यमा गम्भीर प्रकारको समस्या देखिने बताएका छन् ।

अनुसन्धानका क्रममा भनिएको छ बालबालिकालाई २४ घण्टामा दुईदेखि तीन घण्टाभन्दा बढी टिभी र मोबाइल चलाउन दिन उचित छैन ।

बैज्ञानिकहरुले भनेका छन् मोबाइल र टिभीको बढी प्रयोगबाट किशोरलाई आत्महत्या गर्न समेत प्रेरित गर्छ । त्यसकारण दैनिक २ देखि ३ घण्टाभन्दा बढी मोबाईल र टिभी हेर्न दिनु उचित छैन् ।

कसरी राख्ने बालबालिकालाई सुरक्षित  

खाना खाने टेबुलमा मोबाइल फोन वञ्चित गरी परिवारसँगको कुराकानीमा बालबालिका केन्द्रीत गर्ने ।

मोबाइल र टिभी टाढा राख्ने

परिवारमा इन्टरनेटका जोखिमहरू र बालबालिकामा परेका समस्या बारेमा छलफल गर्ने

सडक काट्दा वा सवारी हाँक्दा मोबाइल फोन प्रयोग नगर्ने

दुई घन्टाभन्दा लामो समय मोबाइल वा टिभी लगातार प्रयोग नगर्ने

अभिभावकले आफ्नो प्रयोग पनि नियन्त्रण गर्ने अभिभावकले बालबालिकालाई समय दिनु

मोबाइल फोनको प्रयोगले मानिसलाई चिन्ता र डिप्रेसनजस्ता नकारात्मक कुरामा प्रेरित गर्छ ।  बैज्ञानिकहरुले भनेका छन् ‘हामीसँग मोबाइल प्रयोग र मानसिक स्वास्थ्य समस्याहरूबीच स्पष्ट सम्बन्ध देखिएको छैन तर हाम्रा बालबालिकाले अनलाइनमा हेरिरहेका केही सामग्रीहरू हानिकारक छन् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।