विवाहको तीन दिन अघि वर्षा र संजोगको इंगेजमेन्ट

काठमाडौं । नायिका वर्षा राउत र प्रेमी संजोग कोइरालाले औँठी साटेका छन् । सोमबार एक समारोहकाबीच उनीहरुले ‘इंगेजमेन्ट रिङ’ साटेका हुन् । विवाहको लागि तीन दिनमात्र बाँकी छँदा उनीहरुले इंगेजमेन्ट गरेका हुन् ।

सात वर्षदेखि प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले यहि फागुन २ गते लगनगाँठो कस्दैछन् । हिन्दु परम्परा अनुसार हुने विवाहमा घरपरिवार र आफन्तमात्र सरिक हुने वर्षाका प्रेमी तथा कलाकार संजोग कोइरालाले बताएका छन् । तर रिसेप्सन पार्टी भने ग्र्याण्ड हुने उनको भनाई छ ।

विवाह मिति सार्वजनिक भएसँगै उनीहरुलाई शुभचिन्तकको शुभकामनाको ओहिरो लागेको छ । ३ वर्षअघि आफ्नो सम्बन्ध मिडियामा सार्वजनिक गरेका उनीहरुको विवाहको शुभचिन्तकहरुले एकदमै प्रतिक्षा गरिरहेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।