इटा उद्योगमै शिक्षा

हरि अधिकारी
कपिलवस्तु । जिल्लामा रहेका इटा उद्यमीहरुले आफ्ना इटा उद्योगमा रहेका बालबालिकाहरुलाई लक्षित गरी व्रिज स्कुल कार्यक्रम संचालनमा ल्याएका छन् । जिल्लाका करिब ६१ वटा इटा उद्योगहरु मध्ये १२ इटा उद्योगहरुले व्रिज स्कुल (बालविकास कक्षा) संचालनमा ल्याएका हुन् ।

उद्यमीले इटा उद्योगमा बालश्रम निवारण गर्ने उद्देश्यले व्रिज स्कुल कार्यक्रम संचालनमा ल्याइएको हो । प्रारम्भिक बालविकास तथा सिकाई केन्द्र, इटा उद्यमी र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको सहकार्यमा संचालन गरिएको हो ।

घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले ग्लोबल फेयरनेस इनिसियटिभ नेपालको साझेदारीमा वेटर व्रिक नेपाल परियोजना अन्तर्गत व्रिज स्कुल कार्यक्रम संचालन हुँदै आएको छ । जिल्लामा हालसम्म व्रिज स्कुल कार्यक्रममा यस वर्ष ४ सय बढी बालबालिका लाभान्वित भएका छन् ।

जिल्लामा रहेका ६१ इटा उद्योगहरुमा करिब १२ सय बढी बालबालिकाहरु रहेको अनुमान गरिएको छ । इटा व्यवसायी महासंघको हालै सम्पन्न अधिवेशनले इटा उद्योगहरुमा शिक्षा, स्वास्थ्य र सुरक्षाको सवालमा नीति पारित गरेको भएपनि अन्य उद्योगहरुमा यसको प्रभाव पर्न सकेको छैन ।

उद्योगमा रहेका कामदारहरुका बालबालिका तथा उनीहरुका मानवीय पक्षहरुमा समेत सम्बन्धीत सरोकारवालाहरुको समेत ध्यान पुग्न सकेको छैन । बालबालिकाहरुको शिक्षा पाउने अवसर, बाल अधिकार तथा संरक्षणमा सरोकारवालाहरुको बेलैमा ध्यान पुर्याउन सकेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन हुनेमा सहज देखिन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।