Nic

२७ कैदीको मृत्यु

काठमाडौं । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताउनुभयो । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो’, उहाँले भन्नुभयो । सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० शय्याको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. भगतलाल श्रेष्ठले जानकारी दिनुभयो ।

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो । मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन् । चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…