Nic

डिपिएल क्रिकेटः धनगढीलाई ९६ रनको लक्ष्य

काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट अन्त्रगत आज भएको पहिलो खेलमा सिवाइसी अत्तरियाले आयोजक धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९५ रन बनायो ।

अत्तरियाका लागि विदेशी खेलाडी सन्नी पटेलले सर्वाधिक ३५ रन नटआउट बनाए । यस्तै जयकिसन कोल्सावाला २१, दीपेन्द्रसिंह ऐरी ११, प्रेम तामाङ १२, सुबेन्दु पाण्डे ३ र सन्दीप जोरा २ रनमा आउट हुँदा भुवन कार्कीले ३ रन नटआउट खेले ।

अत्तरियालाई सस्तैमा समेट्न धनगढीका रोहन मस्तफाले दुई विकेट लिए भने सोमपाल कामी, आमिर हायात र बिपिन खत्रीले समान एक÷एक विकेट लिए ।

धनगढी स्टार्स अहिले जवाफी ब्याटिङमा गरिरहेको छ ।

आज दिउँसो १ बजे हुने अर्को खेलमा विराटनगर किङ्ग्स र रुपन्देही च्यालेन्जर्स भिड्दैछन् । फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…