Nic

‘कोसेली र चाकडीमा नलाग्नुस्’

‘प्रहरी दलाली र दमनकाे लागि होइन’

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले प्रहरीको सरुवा बढुवामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।प्रहरीमा सरुवा बढुवाको लागि अझै पनि उच्च तहका अधिकारीहरुलाई कोसेली दिने र चाकडी गर्ने प्रचलन छ । प्रधानमन्त्री ओलीले नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहमा त्यस्तो चलन अन्त्य हुनुपर्ने बताउनु भयो ।

‘प्रहरी दलाली र दमनका लागि बनाइएको फौज होइन’ समारोहमा उहाँले भन्नुभयो, ‘प्रहरी समाज, देश र नागरिकको सुरक्षा गर्ने जिम्मेवारी बोकेको सुरक्षा दस्ता हो । यसको स्पष्ट कर्तव्य छ, अधिकार छ, जिम्मेवारी छ ।’

प्रधानमन्त्रीले प्रहरीको सरुवा बढुवामा विगतमा विभिन्न किसिमका विभेद र प्रतिशोध हुने गरेको स्मरण गराउँदै अब त्यस्तो प्रवृति पूर्णरुपमा अन्त्य हुनुपर्ने बताउनु भयो । ‘सरुवा र बढुवा तल्लो तप्काले उच्च तहकाहरुलाई कोसेली दिने, चाकडी गर्ने होइन’ उहाँले भन्नुभयो, ‘प्रहरी त्यस्तो प्रवृतिबाट टाढै रहनु पर्छ र सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्नूस् ।’

समारोहमा प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…