Nic

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ गौरीघाट मैजुबहालस्थित सडकमा मंगलबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा६८ प १०७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका बस्ने २४ वर्षीय पारस थपलियाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाली, घोंडाघोंडी नगरपालिका –१२ कोटास्थित सडकमा सोमबार राती अन टेष्ट लेखिएको ट्याक्टर पल्टिदा गौरीगंगा नगरपालिका–८ बस्ने ३५ वर्षीय करन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको बर्दगोरीया गाउँपालिका–६ घैलाखोलास्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ३५ वर्षीय तेतुराम डगौरा रहेको प्रहरी जनाएको छ । साथै दुर्घटनाम घाइते भएकी मृतकको श्रीमती ३४ वर्षीया सुनिया डगौराको उपचार भइरहेको छ ।

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ स्थित कुम्भेश्वर भन्ने स्थानमा सोमबार राती जलविरेतर्फ जाँदै गरेको बा५ ख २५०० नम्बरको ट्रक ब्रेक फेल भई दुर्घटना भएको छ । दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रक चालक सोही गाउँपालिका–२ किप्चे बस्ने ३८ वर्षीय श्यामकाजी स्याङ्वोको उपचारको क्रममा मृत्यु भएको छ।

नवलपरासी(पूर्व) कावासोती नगरपालिका–१६ स्थित सोमबार राती बा.३ च ९१५८ नम्बरको ट्याङ्करले बा.२८ प २०३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । सवारी एक आपसमा ठोक्किदा मध्यबिन्दु नगरपालिका–२ बस्ने ४२ वर्षीय युबराज घिमिरे र ३५ वर्षीय पिताम्बर पाठकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…