Nic

कुण्ठा, कचकच र यौनमा कचमच

                                                               प्रतिकात्मक तस्बिर

उटा द्रबित आत्माको मनोवैज्ञानिक लक्षण दर्शाउन ओशोले प्रवचनमा निजी जीवनकै घटना उल्लेख गरेका छन् । दर्शन शास्त्रका एक प्रोफेसर ओशो भेट्न गए । उद्यानमा ओशो र प्रोफेसर गफिँदै थिए । नजिकै एक जोडी आलिंगन र चुम्बनमा अभ्यस्त थिए । प्रोफेसर ओशोसँग गफिँदै, घरिघरी छड्के आँखाले प्रेमालिङ्गनमा अधीर जोडी हेर्थे । प्रोफेसरले आफूलाई संयमित राख्न सकेनन् । उनको ध्यान र दृष्टि प्रेमील जोडीको प्रेमक्रीडामा तानिइरहेको थियो । वार्तालापमा केन्द्रित नभएको देखेर ओशोले प्राफेसरलाई भने, तपाईंको आँखा किन उता बटारिन्छ बारम्बार ?

प्रोफेसर लज्जाले रातोपीरो भए । उनले हर्कत ढाकछोप कसरतमा भने, ‘हेर्नुहोस्, कस्तो जवाना आयो ! हामी दुई जना अभिभावक उमेरका यहाँ बसेका छौँ । यी दुई तरुणलाई लोकलाज नै छैन ।’ प्रोफेसरको कुरामा ओशोले भने, ‘दुई जोडी आपसमा प्रेम गरिरहेका छन् । त्यसमा तपाईंको के हानी–नोक्सानी भयो र ? समस्या तरुण पुस्तामा छैन । समस्या तपाईंको दिमागमा छ । किन अधीर हुनुभएको ? उनीहरु घण्टौँदेखि आलोडनमा लिप्त छन् तर मैले त एकपटक पनि उता हेरिनँ । उनीहरु लज्जाविहीन होइनन्, तपाईंको आत्मा अतृप्त हो ।’

अर्जुन थपलिया

सबै प्राणीमा यौनप्रति अभिरुची हुन्छ । तर यौनिकता मानिस मात्रमा हुन्छ । यौन अनुराग र क्रीडाप्रति आतुरता यौन हो तर यौनबारे चिन्तन यौनिकता हो । प्रेम र यौन प्रतिबन्धले मानिसको दिमाग यौनिकताले भरियो । मष्तिष्कमा एकथरी कुरा र व्यवहारमा अर्को देखाउने सुविधा मानिसलाई छ । ओशो भन्छन्, ‘मानिसको आन्तरिक चेतनामा के कुरा खेलिरहेको छ भनेर जाँच्ने वा पत्ता लगाउने यन्त्र अविष्कार भएको छैन । तर वास्तविकतामा मानव मष्तिष्क सर्वाधिक यौन चिन्तनमा नै व्यस्त हुन्छ । समाज विक्षिप्तताको किनारसम्म पुग्यो । मानवको गीत, संगीत, नृत्य, साहित्य, मिडिया र अखबार सबै यौनले भरियो ।’ दमनले विस्फोट निम्त्याउने र प्रतिबन्ध कौतुहलता बढाउने सिंग्मण्ड फ्रायडको यौन मनोविज्ञानको मीमांशा पूर्वीय समाजबाटै टिपिएको हुनुपर्छ ।

मानिस बाहिरबाट सद्दे देखिन्छ तर भित्रीरुपमा उ रुग्ण हुन्छ । रुग्ण मनले बातैपिच्छे यौन कुण्ठाको लक्षण देखाउँछ । उदाहरण, उपमा र दृष्टान्त दिँदा पनि वाक्यसँग यौन जोड्छ

प्रेम र यौनप्रतिको पूर्वीय चिन्तनले समाजको चेतना कुण्ठाग्रस्त बन्यो । मानिसको आत्मा द्रबित भयो । यौन र प्रेममाथिको प्रतिबन्धले मानिस अतृप्त रहे । मन जिज्ञासाले भरियो । कौतुहलता बढ्यो । विपरीत लिङ्गीलाई सघन नयनले हेर्ने अभिप्सामा वृद्धि भयो । यौन क्रीडाबाट निर्मित त्यसकारण प्रतिभा प्रष्फुटनको सम्भावना पनि क्षीण भयो । मानव मष्तिष्क अधिकांश समय यौन चिन्तनमा व्यस्त रह्यो ।

विपरीत लिङ्गीसँग भौतिक दूरीको कमी र शारिरीक सानिध्य हुँदा अनुराग बढ्छ भन्ने मान्यताले समाजमा महिला र पुरुषबीच दूरी बढाइयो । तर दूरी बढेको कारण मानवीय चेतना कुण्ठामा डुब्यो । चित्त नै रुग्ण बन्यो । एउटी केटीसँग बोल्न लालयित युवा जिब्रो पडकाउँछ । यथार्थमा उसको वार्तालाप गर्ने इच्छा छ तर समाजले अनुमति दिँदैन । त्यसकारण जिब्रो पडकाएर बोल्ने अभिलाषा तृप्त गर्छ । कुण्ठाग्रस्त र अतृप्त चेतन हुँडलिन्छ । मानिस बाहिरबाट सद्दे देखिन्छ तर भित्रीरुपमा उ रुग्ण हुन्छ । रुग्ण मनले बातैपिच्छे यौन कुण्ठाको लक्षण देखाउँछ । उदाहरण, उपमा र दृष्टान्त दिँदा पनि वाक्यसँग यौन जोड्छ । बोली र हाउभाउमा आशक्ति लुकेको हुन्छ । विपरीत लिङ्गीको सानिध्यमा जान चाहन्छ ।

कुण्ठाको उपचार हो बोध र भोग । यद्यपि भोगले पनि बोध बढाउँछ । भोगले विरक्ति र विरक्तिले त्यागतर्फ मनुष्य डोरिन्छ । तर बोधको मूलस्रोत ज्ञान वा जागृत चेतना नै हो । जागृत चेतनाको उपलब्धता र विकास दुरुह छ । तर भोग प्रक्रियाबाट कुण्ठामुक्त हुन सरल छ । कुण्ठाले रुग्ण चित्त र यौनिकतामा रुमलिएको मनुवाले भोगको स्थायी प्रबन्ध गर्नु उत्तम हुन्छ । विवाह सबैभन्दा सरल उपाय हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…