Nic

राजपामा ६ लाख सदस्य

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सदस्य संख्या ६ लाख पुगेको छ ।

आगामी महाधिवेशन लक्षित गरेर बाँड्न शुरु गरिएको सदस्यता वितरणमा ६ लाख पुगेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनु भयो ।

राजपा नेपालले माघ १५ गतेसम्म सदस्यता वितरण समय तोकेको थियो । पछि १५ दिन थप गरेको थियो । सदस्यता वितरणपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने राजपाको तयारी छ ।

सदस्य यादवले १० लाख सदस्यता वितरण लक्ष्य राखेको बताउनु भयो । विभिन्न जिल्लामा वितरण भएका सदस्यता प्रमाणित र महाधिवेशन कार्यतालिका प्रकाशनलगायत विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक बस्ने तयारी हुँदै छ । फागुनभित्र वडा तहदेखि प्रदेशसम्मको अधिवेशन सक्ने राजपाको तयारी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।