‘पाँचसयमा हल गोरु बेचेर भेट्न गएँ, गोरु मासियो छोरो भेटिएन’

खेम बम
निकै मिजासिलो स्वभावका मोहनप्रसाद ओली । उहाँलाई प्रधानमन्त्रीको बुवा भनेर पत्याउन गाह्रो हुन्छ । सामान्य जीवनशैली । उही लुगाफाटो, कठिन जीवनसँग संघर्ष गरेर आउनु भएका मोहनप्रसादलाई (छोरा) प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रगति देख्दा गर्वले छाति फुल्छ । तर, आफूलाई ठूलो मान्छे हुँ मेरो छोरा प्रधानमन्त्री भनेर चोकमा बसेर हल्ला पिट्न पटक्कै समय छैन । आफ्नै दैनिकी उहाँलाई भ्याइनभ्याइ हुन्छ । खेती किसानीमै व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘खड्क सबै नेपालीको अभिभावक हो । उसको सानैदेखिको स्वभाव गरिब र धनिबीचको दूरी समान हुनुपर्छ भन्ने थियो ।’ छोराका निम्ति उहाँको एक हरफः

उर्लेको खहरे हेर कसरी गड्गडाउँछ
कुपुत्र जन्म्यो भने कुलै नष्ट गराउँछ
सुगन्धी फुल फुल्दामा सारा मन गम्काउँछ
सुपुत्र जन्म्यो भने सारा देश चम्काउँछ ।

सानोमा गाउँमा केहीले ‘धुर्व’ भन्थे प्रधानमन्त्री ओलीलाई । मोहनप्रसादले कुरा गर्ने क्रममै प्रधानमन्त्री ओली र आफ्नो जीवनको संघर्ष बेलिबिस्तार लगाउनुभयो । खाँदबारीमा जन्तरे प्रसाँइ (प्रधानपञ्च) ज्वाई पर्थे । उनले ओलीकी छोरी बिवाह गरेका थिए । मोहनप्रसाद ससाना समस्या भएपनि जन्तरे प्रसाँइलाई सोध्थे । छोरा(प्रधानमन्त्री ओली)को रिजल्ट आयो । फेल भएछ । मलिन अनुहार लिएर घर आएको थियो । सधैँ स्ट्रङ देखिने छोरोलाई के भयो । मोहनप्रसादलाई चिन्ता भयो । सोधिहाले– ‘ए के भयो हँ ?’ खड्कको जवाफ फेल बनाए । कस्तो अचम्म पास भएपछि कसरी फेल बनाउँछ ? मोहनप्रसाद झर्किए । तैपनि मनले मानेन । जन्तरे प्रसाँइ कहाँ पुगे मोहनप्रसाद । ‘खड्क फेल भए भन्छ, के भएको रहेछ एकपटक बुझिदिनुप¥यो ।’

जन्तरे(प्रधानपञ्च) स्कुलमा गए । खड्कको रिजल्ट के भएछ । हेडसरलाई सोधे । हेडसरको जवाफ थियो, ‘पास हुनेलाई पास गरायौँ, फेल हुने फेल भए ।’ जन्तरे हक्की स्वभावका थिए, पिएनलाई भने– फाइल लिएर आउ त ? पिएनले जन्तरेको हातमा फाइल दिए । रिजल्ट हेर्दा खड्क(प्रधानमन्त्री ओली)को ८४ नम्बर पास हुने ७२ नम्बर सम्म ल्याउने रहेछन् । जन्तरे(प्रधानपञ्च)को रिसको सीमा रहेन । हेडसरलाई घोक्राउँदै बाहिर ल्याए । त्यसै दिनबाट हेडसरको जागिर गयो । खड्क पास भए । त्यहीँ विद्यालयमा बसेर पढ्न उनले असहज महसुस गरे । बुवा मोहनप्रसादलाई त्यो विद्यालयमा नपढ्ने खड्कले माग राखे । विद्यालय छोडे पनि । फेरि छोराको पढाइ बिग्रिने डर मोहनप्रसादलाई अर्को समस्या आईलाग्यो । त्यसपछि घैलनुवामा खड्कलाई पढ्न पठाइयो । त्यहाँ एकजना ओली बस्थे । उनकै घरमा बसेर छोरालाई पढाउने मोहनप्रसादको निर्णय फेरि बदलियो । करिब १० दिनपछि छोरालाई घर बोलाए । आफूलाई पनि असहज भएछ मोहनलाई ।

त्यहाँबाट प्रधानमन्त्री ओली सर्णमति जानुभयो । एसएलसी पास गरेर भद्रपुरबाट बिए पास गर्नुभयो । २०३० सालतिर मोहनप्रसादको परिवार सर्णामती आएको थियो । पहाडको जग्गा बेचेर सर्णामतिमा जग्गा किन्ने मोहनप्रसादले सोचे । एकजना सतारको जग्गा थियो त्यहाँ । मोहनले पहाडको जग्गा १७ हजारमा बेचे, ११ हजार बुझे । सोही पैसा ल्याएर सतारलाई बैना गरे । बैना ११ हजार थियो । ६ हजार तिरेर पास गर्ने सतारसँग सहमति भएको थियो । कस्तो कर्म सतारको जग्गामा बाढी पस्यो, सबै खेत बगायो । मोहनप्रसादको सपना चक्नाचुर बन्यो । सतारलेपनि आफ्नो सबै सम्पत्ति गुमाइसकेको थियो । उसलाई बैना फिर्ता माग्ने बाटो रहेन ।

सुकुम्बासी बने मोहनप्रसाद । दिदीको शरणमा पुगे । भएको सम्पत्ति बेचियो । बैना दिएको पैसा बाढीले बगायो । दिदीको घरमा पनि बस्न सहज भएन । त्यसपछि केही छाक टार्दै एकअर्काको घरमा बसे । अन्तमा सर्णमतिको हिमाली स्कुलमा डेरा बनाए । मोहनप्रसाद भन्छन्, ‘त्यो स्कुलमा बसेको दुई जनाले देख्न सकेनन्, भुवन शम्शेर भन्ने मास्टर बस्ने सानो घर थियो उहाँ सरुवा हुनुभएछ पछि म बस्न शुरु गरेँ ।’ अर्काकोमा किन बस्ने यता बस्नु, स्कुलको जग्गा जोत्नु भनेर डेढ बिगाह जग्गा दिए भुवनशम्शेरले तर छिमेकीले देख्न सकेनन् । त्यहाँबाट पछि छोड्नुप¥यो । पछि स्थानीय कृष्ण पाण्डेकोमा बस्न शुरु गरेँ । त्यहाँपनि लामो समय सम्बन्ध रहेन । अन्तिममा एकजना सुनारले जग्गा बेच्ने प्रस्ताव गरे, उसले ३ कठ्ठा मोला काटेर ५ सयका दरले १ हजार ५ सयमा जग्गा दिने भयो । १५०० मा जग्गा किने । अहिले यतै बस्दैछु । हाल पनि मोहनप्रसाद खेतीपातीमै व्यस्त देखिनुहुन्छ ।

मोहनप्रसाद भन्छन्, ‘पटक–पटक खड्कले दुःख पाएको छ । गाउँमा एकजना मान्छे मरेको खबर आयो । गुण्डाले मारेछन् तर खड्कको नाम जोडे उ त्यो दिनभरी घरमै सुतेको थियो । गाउँको उसको मिल्ने साथीलाई सोधेँ त्यो दिन त्यो घटनामा खड्क थिएन । सानै छँदा राजाको विपक्षमा उभिन्थ्यो । विभिन्न समयमा उ जेल प¥यो । एक पटक सेन्ट्रल जेलमा परेको रहेछ । मोहनले भने, ‘भेट्न गए एकहल राम्रो गोरु पाँचसयमा बेचेर गएको थिएँ । जेल पर्दा बुवाआमा छैन भनेको रहेछ, भेट्नै पाएन । गोरु हल मासियो छोरो भेटिएन ।’
(सामाजिक सञ्जालमा आएका अन्तरवार्ताबाट लिइएको हो)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।