Nic

खानेपानी मन्त्रीकाे ११ महिनाः मेलम्चीमा ९६ प्रतिशत प्रगति

काठमाडौं ।  खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्चीमा ९६ प्रतिशत  भौतिक प्रगति भएको जनाएको छ ।  ११ महिनामा मेलम्ची खानेपानी आयोजनाको कार्य तीब्र रूपमा अगाडि बढेको मन्त्रालयको दाबी छ ।

खानेपानी मन्त्री विना मगरको सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ, ‘२७ वर्षदेखि सुरु भएको मेलम्चीको काम बितेको ११ महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन् । वर्षौं वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम अब १ किलोमिटर पनि छैन ।’

एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायले देशभरि नै साना ठूला गरी ५ सय १८  आयोजना सम्पन्न गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।  खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्द्रीय आयोजनामध्ये १ सय १०  सम्पन्न भएका छन् ।

 विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९  र तेस्रो साना शहरी खानेपानी कार्यालयले ४ आयोजना सम्पन्न गरेकाे नाेटमा उल्लेख छ । सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लाबारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा, पर्सामा खानेपानी आयोजना निर्माणा भएकाे छ ।

तेस्रो साना शहरी खानेपानी अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा आयोजना सम्पन्न भएको मन्त्रालयले जनाएकाे छ ।


११ महिनाको अवधिमा ३५  शहरी तथा अर्धसहरी खानेपानी आयोजना निर्माण भएकाे छ ।  त्यसबाट ३ लाख ८७ हजार ५ सय ८२ परिवारलाइ खानेपानी सुविधा पुगेकाे छ ।  भूकम्पबाट क्षतिग्रस्त भएका  मध्ये ३ सय ६० आयोजनाको पुनर्निर्माण तथा पुनस्र्थापना  भएको छ । पछिल्लाे एक वर्षमा १७ जिल्ला खुला दिसा मुक्त घोषणा भएको मन्त्रालयले उल्लेख गरेकाे छ । मुलुकमा अहिलेसम्म  ६३ जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन् ।

एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० शहरमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च भएकाे मन्त्रालयले जानकारी गराएकाे छ ।   मन्त्रालयले अहिलेसम्म भएका यी कार्यलाइ महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ ।

काठमाडौं उपत्यकाभित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । राजविराज, लाहान र नेपालगंजमा ४ सय ५० घन मिटर क्षमताको पानी पोखरीको निर्माण  भइसकेको मन्त्रीको सचिवालयले जनाएको छ । भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण  आयोजनामा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको नोटमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मोहनप्रसाद ओली फोनको प्रतिक्षामा थिए । जनता समाचार डटकमले केही दिनअघि सामाजिक सञ्जालमा आएको अन्तरवार्तालाई अनलाइनमा उतारेको थियो…

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…