Nic

महिनावारीमा यौनसम्पर्क

काठमाडौं । धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला (सेक्स)यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ ।

तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । यसकारण महिनावारी भएको बेला ध्यान दिनु जरुरी हुन्छ ।

महिनावारी शुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन शुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ । महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ । महिनावारी हुँदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…