Nic

सिके राउतसँगको सम्झौताले प्रत्येक नेपालीको शिर झुकेको छ: भीम रावल (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकारले सिके राउतसँग गरेको सम्झौताले प्रत्येक स्वाभिमानी नेपालीको शिर झुकेको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘विशेष सम्वाद’मा नेता रावलले भन्नुभयो, ‘कहीँ नभएको ‘स्वतन्त्र मधेस’लाई मान्यता दिने काम भयो ।’ नेता रावलले भन्नुभयो, ‘सिके रावतसँग हुन लागेको सहमतिको भाषा गलत छ, म अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी पनि हुँ, यस्तो शब्द हुनुहुन्न भनेँ, तर यस्तो दबाब आएछ कि, सहमतिका कुनै पनि शब्द हटाउने त परको कुरा ह्रश्वदीर्घ र कमासमेत नहटाउने भन्ने भनिएको रहेछ ।’

‘सहमति हुन लागेको खबरपछि प्रधानमन्त्री केपी ओलीलाई सम्पर्क गरेँ, सम्पर्क हुन सकेन, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर आफ्ना कुरा राखेँ, उहाँले सचिवालयमा मेरो भनाइ राख्नु भयो कि भएन, थाहा भएन, तर यति सम्झनुहोस्, नेकपा सचिवालयमा प्रधानमन्त्री नै भएका नेताहरु हुनुहुन्छ, उहाँहरुलाई पनि थाहा दिइएन,’ नेता रावलले भन्नुभयो, ‘सहमतिका सबै बुँदाहरुले स्वाभिमानी मुलुकसरह अर्को स्वतन्त्र मधेससँग सम्झौता गरेको जस्तो देखिएको छ ।’

‘चुनाव ४ वर्षपछि हुने हो,’ रावलले भन्नुभयो, ‘जनमत संग्रह भनेका छन् राउतले, यदि यसो हो भने, यो देश टुक्र्याउने मृत्युपत्रमा हस्ताक्षर हो ।’

‘सिके राउतले कतै मैले गरेको काम गल्ती थियो भनेका छैनन्, उनका डकुमेन्टहरु इन्टरनेटबाट हटाउने भनिएको छैन,’ रावलले भन्नुभयो, ‘म नेपालको कानुन मान्छु, शान्ति प्रक्रियामा आउँछु भनेर एउटा वक्तव्यसमेत आएन र दुर्भाग्यपूर्ण सहमति भएको छ ।’

‘पाँच महिना जेल बसेका सिके राउतले दुई तिहाइका प्रधानमन्त्रीलाई कटाक्ष गरे,’ रावलले भन्नुभयो, ‘अनि प्रधानमन्त्रीले राउतको प्रशंसा गर्दै प्रचण्डसँग तुलना गर्दै व्यंग्य गर्नु भयो ।’

‘यस्तो गम्भीर विषयमा पार्टीमा छलफल हुँदैन, डिफेन्स गर्न पर्ला भनेर होला,’ रावलले भन्नुभयो, ‘प्रधानमन्त्रीले पार्टीको बैठक बोलाउनु भयो स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकले यो सम्झौता खारेज गर्ने छ । नत्र देश टुक्र्याउने बाटोमा दुई तिहाइकै सरकारले बाटो खोलेको छ, समस्या समाधान गरेको भन्नु दुःखद् भयो ।’

‘बलियो राज्यले यस्तो सम्झौतै गर्दैन,’ रावलले भन्नुभयो, ‘देशद्रोह गर्ने, तिनीहरुको परिवारलाई जागिर दिने ? यो कस्तो सम्झौता हो ?’

कुराकानीको पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…