Logo मंसिर १४, २०७७ आइतबार


राष्ट्र–बिखण्डनकारीप्रति सतर्क रहन आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) ले सरकारलाई राष्ट्र–बिखण्डनकारीप्रति सतर्क रहन आग्रह गरेको छ । मालेको स्थायी कमिटी बैठकले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको समेत जनाएको छ ।

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले  राउत समूहले आफ्नो माग मधेश स्वतन्त्र देश बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले त्यसबारे सरकारले अविलम्ब आफ्नो राय सार्वजनिक गर्नुपर्ने निणर्य गरेको छ ।

सहमतिको बुँदा नम्बर २ मा ‘तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको’ कुरा उल्लेख गरिएको छ । यसलाई राउत पक्षले शान्तिपूर्ण ढङ्गले राष्ट्र विखण्डनकारी क्रियाकलाप अगाडि बढाउन सक्ने खतराप्रति सतर्क रहन सरकारलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिनुभयो ।

सहमतिमा उक्त समूहको नाम ‘स्वतन्त्र मधेश गठबन्धन’ भनेर सरकारद्वारा स्वीकार गरिएको, गठबन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रूपमा व्यवहार गर्ने भनिएका विषय आपत्तिजनक रहेको बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।