Nic

पहिलो फिल्म चोरेरै बनाएको हुँः प्रदीप खड्का

काठमाडौं । नायक प्रदीप खड्का अहिलेका व्यस्त कलाकार हुन् । युवास्टारको पहिचान समेत कमाईसकेका प्रदीपको चलचित्रको डेब्यु भने त्यति सहज थिएन ।

शुरुमा टेलिभिजनमा अनुहार देखाउन मरिहत्ते गर्ने प्रदीपले टेलिभिजनको मार्केटिङ, कार्यक्रम निर्माता हुँदै सहायक निर्देशकसम्मको काम गरे । त्यसपछि उनी आफैँलाई एउटा चलचित्र बनाएर त्यसमा अभिनय गर्न मन लागेको उनी आफैँ बताउँछन् ।

एक टेलिभिजन अन्तर्वार्तामा प्रदीपले आफुले पहिलोपटक बनाएको फिल्म ‘स्केप’ दुईओटा फिल्मको ‘कम्बिनेसन’ भएको बताएका छन् । अन्तर्वार्तामा उनले आफुले ‘बास्कुलर डायरी’ र २००८ मा रिलिज भएको ‘बोय’ नामक दुई विदेशी फिल्मको ‘प्लट’ चोरेर ‘स्केप’ बनाएको स्वीकार गरे । साथै आफ्नो पहिलो प्रयास सुपर फ्लप भएको समेत आफैँले घोषणा गरे ।

‘स्केप’ पछि ‘प्रेमगीत’ चलचित्रमा अभिनय गरेका प्रदीपले त्यसपछि भने पछाडि फर्केर हेर्नुपरेन । ‘प्रेमगीत’ पछि उनको अभिनय रहेको ‘प्रेमगीत २’ र ‘लिलिबिलि’ चर्चित भए भने ‘रोज’ फ्लप हुन पुग्यो । अहिले प्रदीपको अर्को चलचित्र ‘लभ स्टेसन’ प्रदर्शनको तयारीमा छ । फिल्ममा प्रदीपले लिलिबिलिबाटै चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका जसिता गुरुङसँग दोश्रोपटक स्क्रिन सेयर गरेका छन् । ‘लभ स्टेसन’ चैत २२ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।

मजदुरको आन्दोलनका कारण नटिपिएपछि इलामका सरकारी चिया बगानहरुमा चिया छिप्पिएको छ ।

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…