Nic

बिरामी हुँदा बेचिएको ११ महिने बालकलाई आमाले भेट्दा

काठमाडौं । श्रीमती बिरामी भएका बेला ११ महिनाको बच्चालाई एक जोडीले निःसन्तान हुनेसँग बेचेका थिए । बिरामी ठिक भएपछि बच्चालाई माग्न जाँदा ती निःसन्तान दम्पतीलाई भेट्न सकिएन । बच्चालाई खोजिदिन भन्दै प्रहरीलाई समेत महिलाले गुहारिन् । दिल्ली महिला आयोगकी अध्यक्षसम्म कुरा पुग्यो र बच्चा आफ्नै आमासँग पुग्न सफल भयो ।

दुईवर्ष पहिला श्रीमती बिरामी भएकै बेला श्रीमानले बच्चालाई बेचेका थिए । बच्चाको खोजी गर्ने क्रममा धेरै समस्या पैदा भयो । बच्चा जिउँदै छ या मर्यो भन्नेसम्म पनि खबर हुन पाएन । महिला आयोगकी अध्यक्षका अनुसार कारबाहीका लागि महिला आयोग लाग्यो र शाहबाद डेरी ठानामा निवेदन दर्ता भयो । प्रहरीले तुरुन्तै अनुसन्धान टिम गठन गर्यो । दुई दिनमा बच्चालाई दिल्लीको खजुरी इलाकामा फेला पारियो ।

श्रीमानले ११ महिनाको छोरालाई पैसाका लागि बेचेका थिए । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले बच्चालाई भेटाएर बुवाआमालाई बुझाएको बताइन् । उनले भनिन्– ‘अरुका दुःख हेर्न सकिएन, एक आमालाई आफ्नो बच्चा गुमाउँदाको पीडा सहन गर्न गाह्रो हुन्छ ।’
बच्चालाई भेटाएपछि बुवाआमा खुसी भएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिमा पहुँच हुनेछ । पद प्रतिष्ठा, लाभ मिल्नेछ ।वृष– धार्मिक भावना जाग्नेछ । सामाजिक व्यस्तता बढ्नेछ ।मिथुन–स्वास्थ्यमा समस्या हुनेछ…

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।

मजदुरको आन्दोलनका कारण नटिपिएपछि इलामका सरकारी चिया बगानहरुमा चिया छिप्पिएको छ ।

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…