Nic

रानीपोखरी भन्दा ५ सय वर्ष पुरानो भाज्या पुखुकाे पुर्नर्निर्माण हुँदै (फोटोफिचर)

नारायण थापा
भक्तपुर । जीर्ण अवस्थामा रहेको भाज्या पुखु पोखरीको नगरपालिकाले उत्खनन शुरु गरेको छ । भक्तपुर नगरपालिका –१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौंको रानी पोखरी भन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ ।

नगरपालिकाले सोमबार आयोजना गरेको ‘ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया’ कार्यक्रममा पोखरी १२ औं शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको हो ।

यस पोखरीको ८० पेज लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहास एवं सस्कृतकर्मी डा. पुरुषोत्तमलोचन श्रेष्ठले सात महिना लगाएर गरिएको अनुसन्धानबाट यो पोखरी काठमाडौंको रानी पोखरी भन्दा ५०० वर्ष पुरानो पोखरी रहेको तथ्य फेला परेको दावी गर्नुभयो ।

उहाँले भाज्या पोखरीबाट प्रभावित भएर नें.स. ७९० (वि.सं.१७२७) मा काठमाडौंको रानी पोखरी निर्माण भएको दावी गर्दै उहाँले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको उहाँको भनाई छ ।

ने.सं. ८०१ अर्थात वि.सं. १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखु : को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन् र अन्वेशनबाट पत्ता लागेको डा. श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले २०५९ सालमा शुरु गरेको उत्खनन् र २०७४–०७५ मा शुरु गरेको पुर्नर्निर्माण     का क्रममा भेटिएका बहुमूल्य बस्तुहरु भेटिएको बताउँदै उहाँले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको अनुसन्धानले देखाएको प्रस्ट पार्नुभयो ।

उत्खनन्को क्रममा पोखरीको बिचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको भनाई राख्दै उहाँले यो पोखरी वास्तुशैली अनुसार बौद्धिक वास्तुतन्त्र बिधिअनुसार बनेको एउटा मत्रै बुर्जा भएको मन्दिर हुनुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिदाँ कयौं सम्पदाहरू लोप भइसकेको बताउदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ति जग्गाहरू किबचेन हुने कार्य अन्त्य हुनुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल, पुरातत्व विभागका पूवनिर्देशक लक्ष्मणराज ज्ञवाली, गुठी संस्थानका निर्देशक मीनराज चौधरी, पुरातत्व विभागका प्रमुख हरि सुवेदी, प्रेमसिंह बस्न्यात, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, प्रा.डा. मोहनमूर्ति पन्थी, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रतिनिधि कल्पना प्रजापति, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व लगायतले भाजु पोखरीलाई पुरानै आकारप्रकारका इँटा र शैलीमा बनाएर मौलिकता जोगाउन नगरपालिकालाई सुझाब दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…