Nic

ब्रेक्जिट सम्झौताको प्रस्ताव दोस्रोपटक अस्वीकृत

काठमाडौं । ब्रिटिस प्रधानमन्त्री टेरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकृत भएको छ ।मार्च २९ मा ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने मिति तोकिसकिएको बेला मंगलवार संसदको तल्लो सदनको ठूलो बहुमतले सो प्रस्ताव अस्वीकृत गरिदिएको हो । प्रधानमन्त्री मेका अनुसार सांसदहरूले अब बुधवार बिना कुनै सम्झौता इयु छाड्ने प्रस्तावबारे मतदान गर्नुपर्नेछ ।

मंगलबार साँझ संसदमा थकित र स्वर बसेको लवजमा बोल्दै प्रधानमन्त्री टरिजा मेले आफू निकै दुःखित् भएको बताइन् । तर उनको भनाइ थियो, ‘म अझै पनि के कुरामा विश्वस्त छु भने सबैभन्दा उपयुक्त नतिजा भनेको व्यवस्थित रूपबाट सम्झौतासहित इयु छाड्नु नै हुनेछ। र हामीहरूले तय गरेको सम्झौता नै हामीसँग उपलब्ध भएकोमध्ये सबैभन्दा उपयुक्त समेत हो ।’

मेले सांसदहरूलाई ढिलो गरि हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेकोमा निर्णय लिन भनेकी छन् । अथवा ुसम्झौता सहित इयु छाड्न चाहेको तर यो सम्झौता नचाहेकोु भन्नेमा समेत स्पष्ट हुन भनेकी छन् । ब्रिटेनसामु भएका ती विकल्प सहज नभएको बताएकी उनले आफ्नो प्रस्ताव अस्वीकृत भएपनि ती सामना गर्नुको विकल्प समेत नहुने बताइन् । बिना कुनै सम्झौता इयु छाडिने अवस्थामा आयरल्याण्डसँगको सीमा व्यवस्थापन कसरी गरिने भन्ने योजना बुधवार सरकारले घोषणा गर्ने उनको भनाइ रहेकाे बीबीसीले जनाएकाे छ ।

अब के हुन्छ?
बुधवारको मतदानमा विना सम्झौता इयु छाड्ने प्रस्ताव स्वीकृत नभए बिहीवार ब्रेक्जिट प्रकृया नै ढिलो गर्ने विकल्प माथि मतदान हुने बताइएको छ। प्रमुख विपक्षी दल लेबरका नेता जेरेमी कर्बिनले प्रधानमन्त्रीको प्रस्ताव स्पष्ट रूपमा विफल भइसकेकोले अब आमचुनावको घोषणा हुनुपर्ने बताएका छन् । ब्रिटेनमा भएका पछिल्ला विकासक्रमलाई युरोपेली नेताहरूले चिन्तापूर्ण रूपमा हेरिरहेका छन् ।

इयुका ब्रेक्जिटसम्बन्धी मुख्य वार्ताकार मिसेल बार्नियरले एक ट्वीट गर्दै इयुले समयमै बहिर्गमनसम्बन्धी सम्झौता गराइसक्न आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरेको बताए । तर हाल जारी गतिरोधलाई केवल ब्रिटेनले नै समाधान गर्नु पर्ने उनले जनाए । साथै कुनै सम्झौता बिना ब्रेक्जिट हुन सक्ने सम्भावनाका निम्ति अब इयुका तर्फबाट थप तयारी गर्नु महत्त्वपूर्ण भएको उनले बताए।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कार्यक्रम प्रस्तोता सफल सञ्चारकर्मी तथा जनता टेलिभिजन सहकर्मीद्वय शोभा त्रिपाठी र विवेक खतिवडाले गर्ने छन्

काठमाडौं । संविधानसभाका पूर्वअध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले मिडिया काउन्सिल विधेयकको संरचनामै त्रुटि भएको बताउनु भएको छ…

सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र १२ दिनदेखि अन्धकार अवस्थामा छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका कार्यकारी निर्देशक तथा अर्थविद् डा. रमेश पौडेलले नेपालमा वैदेशिक पूजी भित्र्याउन लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउनु…

राजश्व चुहावट रोक्न प्रधानमन्त्री केपी ओलीले संघीय संसदमै प्रस्ताव पेश गर्नुहुने भएको छ ।

कल्याणपुर नगरपालिकाका ओभरसियर छेदीकुमार साफी कार्यकक्षमै कुटिएका छन् ।