Nic

‘सरकारी र निजी बैंक बिस्तार समान रुपले हुनेछ’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताउनुभएको छ ।प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले बैंक ग्रामीण भेगसम्म पुग्ने बताउनु भयो ।  बैक सिंहदरबार वरिपरि मात्र होइन, दुर्गम क्षेत्रमा समेत पुग्नेछ’ बैठकमा उहाँले भन्नुभयाे, ‘निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ ।

अर्थमन्त्री डा खतिवडाले सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइएको जानकारी गराउनुभयो । ‘बैक संचालनको लागि पूर्वाधारसहितको उपयुक्त स्थानमा खोजी भइरहेको छ’ उहाँले भन्नुभयो, ‘ त्यसको लागि अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’

अर्थमन्त्री खतिवडाले बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको विश्वास दिलाउनु भयो । ‘कुनै पनि खातावालाको विवरणबाहिर जाँदैन’ उहाँले भन्नुभयो, ‘अदालत र राष्ट्र बैंकले मात्र आवश्यक परेका खण्डमा हेर्न पाउँछ, मुलुकभित्र मात्र विवरण रहन्छ, गोपनीय हुन्छन् ।’

मन्त्री खतिवडाले सरकारी र निजी बैंकलाई समान व्यवहार गरिने उल्लेख गर्नुभयो । ‘मुलुकमा सरकारी र निजी क्षेत्रका गरी दुईखाले बैंक रहे पनि ती सबै नेपाली बंैक नै हुन्, सरकारले सबै बैंकलाई समान व्यवहार गर्दछ’ उहाँले भन्नुभयो, ‘ सरकारी काम सरकारी बंकबाटै गर्नुपर्छ भनिरहँदा सरकारी बैंकको पहुँच नपुगेको अवस्थामा निजी क्षेत्रका बैंकमा लगानी हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको छ। कुनै खास निकाय वा संस्थाका पदाधिकारीले आफ्नो खाता सम्बन्धित बंैकबाट सञ्चालन गर्न चाहेमा त्यहाँबाट सञ्चालन गर्न अस्पष्ट र अन्योल हुनुपर्ने अवस्था छैन ।’

बैठकमा सांसद विन्दा पाण्डे, प्रेम सुवाल, भीमबहादुर रावल, खगराज अधिकारी, अनिलकुमार झालगायतले अर्थमन्त्रीसँग सिंहदरबारभित्र सरकारी बैंक किन स्थापना नभएको तथा सबै स्थानीय तहमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ ? भनी प्रश्न गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…