Nic

लघुकथा : छोराको प्रेम

-चन्द्रमणि पोख्रेल

गाउँको भतभती मन पोल्ने गरिबी र त्यो गरिबीले बलियो बनाएको शरीर अनि नि.मा.वि.सम्मको शिक्षा लिएर उ गाउँबाट शहर हानियो । शहरमा हण्डर ठक्कर खाँदै जीवन संघर्ष गर्दै अगाडी बढ्यो । उ एक सफल व्यापारी बन्न सफल भयो । पहिले दुखै दुखले खिइएको उसको परिवार सम्पत्ति सँगसँगै मोटाउँदै जान थाल्यो । उ नेपालको परिप्रेक्षमा नवधनाढ्य बन्न सफल पनि भयो ।

एक जना भुमी व्यापारिकी छोरीसँग उसले लगनगाँठो नि कस्यो । उसका लालाबाला नि भए । आमाले उसलाई गर्भे टुहुरो हुर्काएकी थिइन्, दुनियाँको मेला पात गरेर । आमा उतै गाउँ मै थिइन् । वनको चरो वनको ढुङ्गोू बनेर आफ्नै दुख जिलो मेलो अर्म पर्ममा । उ पनि शहरका आवश्यकता पूरा गर्दागर्दै शहरमै रुमल्लिएको थियो ।

खोइ के भयो उसलाई ? यसपाली आमाको याद आयो दसैंमा । दसैं मनाउन उसले गाउँ जाने निधो गर्यो र गाउँ गयो । गाउँमा गएर उसका छोरा छोरी साह्रै रमाए । गाउँको, गाउलेको र हजुरआमाको निस्वार्थ माया पाएर बुढी आमालाई पनि के चाहियो र ? घरभरी नाति नातिना भए आमा त्यसै खुसिले गदगद । दसैंको टिकाको दिन उसले आमासग फोटाहरु नि खिच्यो । नातिनातिनालाई काखमा राख्न लगाएर नि फोटो खिच्यो । बुढी आमाका खुसिले आँखा रसाए । अब यिनै नाति नतिनाको काखमा मर्ने निधो गरिन आमाले । दसैं नि सकियो उ आफ्नो स)परिवार शहर तिर लाग्यो ।

गाउँको धुलाम्य सडकमा कार उडाउँदै बुढी आमाका आशाहरु नि त्यही धुलोसँगै उडे । साता दिनपछि एउटा सेतो कार आएर आँगनमा रोकियो । आमा छोरो पो लिन आएछ भनेर नजिक आइन । तर त्यो कारबाट एक अधबैंसे मानिस ओर्लेर भन्यो, ‘आमा तपाईका छोरा बुहारीले तपाईलाई असाध्यै माया गरेर सुविधा सम्पन्न वृद्धाश्रममा राख्नका लागि बन्दोबस्त मिलाएर मलाई पठाएको हुन। ल जाउँ हिड्नुहोस ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…