Nic

‘कम्युनिस्टको हालसम्मको उपलब्धि सिके सम्झौताले धरापमा नपरोस्’

काठमाडौं । कम्युनिस्ट आन्दोलन एउटा देशभक्ति पूर्ण आन्दोलन हो । राष्ट्रियता, जीविका र जनवाद नेपाली कम्युनिस्ट आन्दोलनका मुलमन्त्र हुन् । विषेशगरी नेपाली कम्युनिस्ट आन्दोलन त नेपाली राष्ट्रियतासँग अभिन्न रूपले गाँसिएको छ । नेपाली राष्ट्रियतामा कहीकतैबाट प्रहार हुँदा सबैभन्दा पहिले कम्युनिस्टहरूलाई नै दुख्नें गरेको इतिहास साक्षी छ ।

२००७ सालको दिल्ली सझौताले कम्युनिष्टहरूको मन दुखायों । चिनियाँ काजी शहीद भए । नेपालको उत्तरी सिमानामा भारतीय चेक पोष्ट बस्दा कम्युनिस्टहरूकै दिल दुख्यो । सुस्ता–महेशपुरमा छिमेकी भारतले हात हाल्दा नेपाली कम्युनिस्टहरूले विरोध गरे । महली सागरमा, माने भन्ज्याङमा अनि टिकरमा थिचोमिचो हुँदा कम्युनिस्टहरूले नै आवाज उठाए । कालापानी कसैलाई दुखेन, मलेठले अरूलाई छोएन, अनि देशमा नाकाबन्दी हुँदा अरू कसैको मुख खुलेन । आखीर कम्युनिस्ट हरू नै झण्डा लिएर सतीसाल जस्तो खडा भए । यसकारण नेपाल राष्ट्र र राष्ट्रीयताका अभिन्न हिस्सा हुन कम्युनिस्ट हरू ।

नेपाली कम्युनिस्ट आन्दोलनको जुनसुकै धारा होस्, जुनसुकै घटक होस ! त्यसको एउटा प्रमुख मुद्दा रहेको छ, राष्ट्रियता । भनिन्छ कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुन्छन् । उनीहरू राष्ट्रको सिमामा बाँधिदैनन्, तर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले त्यसलाई गलत सावित गरेको छ र नेपाली कम्युनिस्टहरूको देशभक्ति माथि आजसम्म प्रश्न उठाउने आँट कसैले गरेको छैन ।

अहिले सीके राउतसँगको ११ बुँदे सहमति र सहमतिपछि उनको गठबन्धनले देखाएको विखण्डनकारी गतिविधीले केही प्रश्न उब्जाएको छ । के सीके राउत मुलधारमा आएकै हैनन् ? के सीके राउतले आफू थुनामुक्त हुन र शक्ती सुदृढ गर्न मात्र सहमति गरेका हुन ? कि सरकार पक्ष हतारिएर सावधानीमा कमी भएको हो ? सहमति र समय हेर्दा सरकारको तर्फबाट पूर्ण सावधानी र होमवर्क को कमी पक्कै देखिन्छ । तरपनि नियतमा शंका गर्ने ठाउँ कहिकतै देखिदैन । जहासम्म सिके राउत र उनको गठवन्धनको कुरा छ, शतप्रतिशत विश्वास गर्ने आधार छैन । ढाटको निम्तो खायर पत्याउने हो । आफैमा आकार ग्रहण गर्न बाँकी रहेको र प्रस्थान र गन्तव्यको ठेगान गर्ने क्रममा नै रहेको सिकेको गठवन्धनलाई सरकारले कस्दै लगे साँघुरिदै जान्छ र खुकुलो बनाए फैलिँदै जाने हुन्छ । यसमा सरकारको तर्फबाट अलिकति पनि ढिलो नगरीकन सहमति कार्यान्वयन गर्न दवाव बढाउनु पर्छ र सहमतिमा रहेका कमीहरू भए त्यसलाई पुरा गर्न प्रयत्न गर्नु पर्दछ ।

यसमा अलिकति पनि भूलचुक को कुनै गुन्जाईस हुँदैन । आजसम्मको हाम्रो लडाईं र त्यस लडाईंको उपलब्धीको रूपमा प्राप्त जनताको विश्वास, अनि त्यसै विश्वासले स्थापित गरेको सार्वभौम संसदमा झन्डै दुई तिहाईको कम्युनिस्ट सरकार, यो नै नेपाली कम्युनिस्ट आन्दोलनको आजसम्मको सर्वा्धिक ठुलो उपलब्धी हो ! यो उपलब्धीका निम्ति हाम्रो निरन्तरको राष्ट्रभक्तिको लडाईंको ठूलो योगदान छ । यदि सरकार र सिके राउतबीच भएको सहमति ठिक ढंगले कार्यान्वयन गराउनमा कमी रह्यो र हामी थोरै पनि चुक्यौँ भने हाम्रो राष्ट्रीयता प्रतिकों निष्ठामा प्रश्न उठ्नेछ, यो हाम्रो निम्ति दुर्भाग्य हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।

मजदुरको आन्दोलनका कारण नटिपिएपछि इलामका सरकारी चिया बगानहरुमा चिया छिप्पिएको छ ।

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…