Nic

‘पहिले प्रेमिकालाई पछि आफैलाई गोली, विवाहमा रक्ताम्य’

काठमाडौं । भारतमा प्रायः विभिन्न घटनाहरु घटिरहेका हुन्छन् । फेरि यस्तो घटना दोहोरिएको छ की प्रेमीले मण्डवमा रहेकी प्रमिकालाई गोली हानेर आफूलाई समेत मारेका छन् । उत्तर प्रदेशको रायबरेलीमा विवाहको खुली तत्कालै दुःखमा परिणत भयो जब आफ्नी प्रेमिकाको अर्कैसँग विवाह भइरहेको देखेर रिसाएका प्रेमीले बेहुलीलाई गोली हानिदिए ।

यो देखेर विवाहमा आएका पाहुनाले उनलाई समात्न प्रयास गरेपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे । प्रेमी–प्रेमिकालाई रक्ताम्य अवस्थामा अस्पताल पुर्याइएकोमा दुवैको मृत्यु भयो । घटना रायबरेलीको बछरांवाको हो ।यहाँका पत्तीलालकी २२ वर्षीया छोरी आशाको विवाह भइरहेको थियो । जन्ती उन्नावबाट आएको थियो । रातको १ बजे वरमालाको कार्यक्रम चलिरहेको थियो । बेहुला–बेहुली स्टेजमा थिए । त्यही बेला बेहुलीका प्रेमी वृजेन्द्र स्टेजमा चढे ।

जबसम्म पाहुनाले केही बुझ्थे उनले आफ्नो लाइसेन्स भएको बन्दुक निकाले र बेहुलीलाई गोली हानिदिए । पाहुनाले उनलाई समात्ने प्रयास गरेपछि उनले आफूलाई पनि गोली हाने । दुवै रक्ताम्य भएर स्टेजमै ढले । उनीहरुलाई तत्काल अस्पताल लगियो । सूचना पाएपछि पुलिस घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

गाउँलेहरुका अनुसार बृजेन्द्र र आशाको विगत २ वर्षदेखि प्रेम थियो । दुवै बिहे गर्न चाहन्थे तर आशाका परिवार यसका लागि राजी थिएनन् । बृजेन्द्रले कैयौं पटक रोक्दा पनि आशा अर्का युवकसँग बिहे गर्दै थिइन् । यही कुरामा रिसाएका वृजेन्द्रले उनलाई गोली हानिदिएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ , यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।