Nic

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग नेपाली टोली बंगलादेश प्रस्थान

रौतहट । बंगलादेशमा मार्च १७ र १८ गते हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिने नेपाली खेलाडी बुधबार स्थलमार्ग हुँदै त्यस तर्फ प्रस्थान गरेको छ । टिम कोच, टिम म्यानेजर, निर्णयक र खेलाडी सहित २२ सदस्यीय टोली भारतको कोलकाता हुँदै बंगलादेश गएको हो ।

करातेका अन्तर्राष्ट्रिय निर्णय राजु महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गरेको टोलीमा काठमाडौं र १ नम्बर प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललार्इ झापा जिल्ला सितोरियो कराते संघका अध्यक्ष मिलन राज प्रसाईंले सफलताको शुभकामनासहित बिदाइ गरेका थिए ।

१३ जना खेलाडी सहित बंगलादेश प्रस्थान गरेका टोलीको टिम कोचमा ज्ञान बहादुर बलामी रहेका छन्। टिम म्यानेजरमा पुर्ण बलामी र प्रिमेश शिवाकोटी रहेका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक, सुरेन्द्र श्रेष्ठ, विनोद कुमार राउत ,अशोक पहाडी ,विरेन्द्र कर्ण ,जमुना राइले सहभागीता जनाउने छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…