भारत–अस्ट्रेलिया एकदिवसीय क्रिकेटः उपाधि अस्ट्रेलियालाई

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको एकदिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियाले हात पारेको छ । केहिबेरअघि भारतको राजधानी दिल्लीस्थित फिरोज शाह कोटला क्रिकेट स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३५ रनले हराएको हो । पाँच खेलको श्रृंखलामा यसअघि पहिलो र दोश्रो खेल भारतले त्यसैगरी तेश्रो र चौथो खेल अस्ट्रेलियाले जितेको थियो । आजको खेल निर्णायक खेलको रुपमा हेरिएको थियो ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि उस्मान खाज्वाले सर्वाधिक १ सय रनको योगदा गरे । यस्तै कप्तान एरोन फिन्चले २७, पिटर ह्याड्सकोम्बले ५२, स्नोटिस र टनरले समान २०/२०, रिचार्डसनले २९ र कुमिन्सले १५ रन बनाए । म्याक्सवेल, कारी दुई अंकको रन नजोड्दै बाहिरिए भने लायनले नटआउट १ रन खेले । अस्ट्रेलियालाई २ सय ७२ मै रोक्नका लागि भारतका भुवनेश्वर कुमारले ३, मोहम्मद सामी र रविन्द्रसिंह जडेजाले समान दुई/दुई र कुलदीप यादवले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारत निर्धारित ओभरमा सवै विकेट गुमाएर २ सय ३७ रनमा समेटियो । भारतका लागि रोहित शर्माले अर्धसतकिय पारी खेल्दै ५६ रन बनाए । यस्तै भुवनेश्वर कुमार ४६, केदार जाधव ४४, विराट कोहली २०, शिखर धवन १२, रिसव पन्त र विजय शंकर समान १६ रन बनाएर आउट भए । त्यसैगरी जसप्रित बुम्राह १ रनमा नट आउट रहँदा कुलदीप यादव ८, मोहम्मद सामी ३ र रविन्द्रसिंह जडेजा विनारन पेभेलियन फर्किए । भारतलाई पराजित गर्नका लागि अस्ट्रेलियाका एडम जाम्पा एक्लैले तीन विकेट लिए भने कुमिन्स, रिचर्डसन र स्टोनिसले समान दुई/दुई विकेट लिए । त्यसैगरी नथन लायनले १ विकेट लिए ।

प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज अस्ट्रेलियाका उस्मान खावजाले हात पारे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।