Nic

पत्रपत्रिकामा आज: चन्द समूहलाई प्रतिबन्धप्रति सत्तारुढ नेकपाभित्रै असन्तुष्टि

काठमाडौं । राजधानीबाट प्रकाशित अखबारहरुले सरकारले नेत्रविक्रम चन्द समुहको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले सरकारले नेत्रविक्रम चन्द समुहको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णयप्रति सत्तारुढ नेकपाकै शीर्ष नेताहरुले असन्तुष्टि जनाएको समाचार प्रथम पृष्ठमा छापेको छ । समचारमा निर्णय गर्नुअघि सरकारले पार्टीका मुख्य नेताहरुसँग छलफल नगरेको भन्दै उनिहरुले यस्ता निर्णयको स्वामित्व लिएर हिंड्न समस्या पर्ने बताएको समाचार उल्लेख छ । सरकाले चन्दको गतिविधि नियन्त्रण गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डको निवासमा सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहितका बहुमत नेताहरु सहभागी भेलाले सरकारी निर्णयकोे समिक्षा गनुभएको समाचार कान्तिपुरले प्रमुख समाचारको रुपमा छापेको छ ।

नेपाली काँग्रेसमा देखिएको आन्तरिक कलहलाई नागरिक दैनिकले प्रमुख समाचारका रुपमा छापेको छ । पार्टी सभापती देउवा निवार्चित भएको तीन वर्ष पुगिसक्दापनि पार्टी विधिअनुसार चलाउन नसकेको र असन्तुष्ट नेता कार्यकर्तालाई साथमा लिएर अघि बढ्न नसकेकाले उनको कार्यकाल असफल देखिएको उल्लेख छ । नेपाली काँग्रेसमा नेताहरु एक अर्काका कमजोरी केलाउँदै आ आफ्नो गुट बलियो बनाउनेतिर मात्रै नेताहरुको ध्यान केन्द्रित भएको र असन्तुष्ट पक्ष पनि पार्टी संगठन बनाउन भन्दा सभापतिको कमजोरी ओंल्याउन मात्र सक्रिय रहेको विषयमा लेखिएको समाचार नागरिकोको पहिलो पृष्ठमा छ ।

प्रधानमन्त्री केपी ओलीले राजनितीको नाममा लुटतन्त्र मच्चाउनेलाई राजनीतिक व्यवहार गर्न नसकिने बताएको समाचार गोरखापत्रले प्रकाशित गरेको छ । समाचारमा प्रधानमन्त्रीले समाजलाई आतंकित पार्दै अराजकता मच्चाउने कसैलाई पनि सरकारले छुट नदिने बताउनुभएको उल्लेख छ । नेपालमा पृथकतावाद सधैंका लागि समाप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सीके राउतलाई राजनीतिको मुलधारमा ल्याउनु सरकारको उपलब्धि भएको बताएको समाचार पनि गोरखापत्रले छापेको छ ।

आज प्रकाशित नयाँ पत्रिका दैनिकले भने मेडिकल कलेजहरुले एमबिबिएस पढाईका नाममा अभिभावकहरुलाई दोहन गरेपछि कलेज विरुद्ध रिट दायर गर्दा अदालतमा चलिरहेको बहसको समाचारलाई आफ्नो प्रमुख पृष्ठमा छापेको छ । पोखराको गण्डकी मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क असुलेपछि विद्यार्थी आन्दोलनका कारण ४३ दिनदेखि ठप्प गण्डकी कलेजको विवादमाथी बुधबार उच्च अदालतमा बहस भएको थियो । विद्यार्थीको माग अनुसार जिल्ला अदालतद्धारा बलेज सञ्चालकलाई पक्राउ पुर्जी र फरार सञ्चालकको रिटमा अदालतमा बहस जारी रहेको समाचारमा उल्लेख छ । गण्डकी जस्तै नेशनल मेडिकल कलेजमा निर्धारित शुल्कभन्दा १४ लाख बढि, नोबेलमा कोटाभनदा १० विद्यार्थी बढी भर्ना र काठमाडौं विश्वविद्यालयका सबै विद्यालयमा १, १ विदाथी बढी भर्ना गरेको समाचार छ ।

उपभोक्ता समितिको नाममा अबौं रुपैयाँ ठेकेदार र बिचौलियाको खल्तीमा जाने गरेको समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ । देशभरका स्थानिय तहले सवभिन्न विकाश निर्माणका कार्य गराउन उपमभोक्ता समितिमार्फत दिने गरेका १ करोडका योजनामा ठेकेदार र बिचौलियाहरु हावि हुने गरेको राष्ट्रिय सर्तकता केनद्रको अध्ययनले देखाएको छ । समितिहरुले लैजाने गरेका अबौं रुपैयाँ ठेकेदारहरुकै ठेकेदारहरुकै खल्तीमा जाने गरेको देखिएको केन्द्रकै एक अधिकृतले बताएको समाचार राजधानी देनिकमा उल्लेख छ ।

‘उपत्यकाबाहिरबाट प्राथमिक बजारमा ७१ प्रतिशत आवदेन’ शीर्षकको समाचार कारोबार दैनिकले पहिलो पृष्ठमा छापिएको छ । समाचारमा सेयर कारोबार गर्नेको संख्या बढेको उल्लेख गरिएको छ । यस्तै लघुवित्तलाई मर्जरको दबाब परेको समाचार पनि कारोबारले पहिलो पृष्ठमा छापेको छ । पुस १३ गते राष्ट्रबैंकले राष्ट्रियस्तर र प्रदेशस्तरमा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसैगरी नेपाल–कतार श्रम सम्झौता अन्तिम तयारीमा रहेको र निजी तथा सरकारी बैंकलाई समान व्यवहार गरेको स्पस्ट पारेको समाचार पनि कारोबारले पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…