Nic

अज्ञात समूहद्वारा बसमा आगजनी, तीन पक्राउ

भीम चौधरी
कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राति पौने चार बजे बसमा आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको हो । यस्तै, सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिनुभयो ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…