Nic

साफ महिला च्याम्पीयनसीपः बंगलादेशले भुटानसँग भिड्दै

विराटनगर । पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा आज बंगलादेशसँग भुटानले प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा आज हार व्यहोरे भुटान घर फर्किनेछ । यसअघि नेपालसँगको खेलमा भुटान तीन शून्यले पराजित भएको थियो । भुटान महिला साफको सबै भन्दा कमजोर टिम हो । यही खेलले धेरै हदसम्म समूह ‘ए’ बाट सेमिफाईनल पुग्ने टोलीको समिकरण बताउनेछ । बंगलादेशको जितले एक खेल अगावै दुई टोलीलाई सेमिफाईनल पु¥याउने छ । भुटानको जितले तीनै टोलीको अन्तिम ४ मा पुग्ने टोलीको सम्भावना राख्नेछ ।

समूह ’ए’ मा नेपालको ३ अंक छ । भुटान अंकबिहीन छ । बंगलादेश पहिलो खेल खेल्दैछ । प्रतियोगिता सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । समूह ‘बी’का श्रीलंका र माल्दिभ्सबीच भोलि अर्थात शुक्रबार खेल हुनेछ । समूह ‘बी’मा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ ।

भारतले नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । भारतले चारैपटक उपाधि हात पारेको छ । समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशनआइडी–राष्ट्रियगान५ः०२ योग–एरोबिक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजीमा समाचार८ः३० ज्योतिषपथ (लाइभ)९ः३० बाइलाइन९ः५५…

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको थालनी…

रुपन्देहीको ओम सतिया गाउँपालिका वडा नम्बर १ स्थित एसियन फर्मास्युटिकलमा सोमबार साँझ आगलागी भएको छ

सिमासिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष महेशकुमार नेपाल कुटिएका छन्

स्वयंसेवकले जिल्लामा रहेर दुई बर्ष स्वयंसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित सबै आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।