Nic

गण्डकी प्रदेशमा ५ लाखको सेनेटरी प्याड

छात्रालाई अब परीक्षा केन्द्रमै दिइने

तनहुँ । एसइइमा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँका परीक्षा केन्द्रबाटै सेनेटरी प्याड वितरण गर्न लागेको हो ।

मन्त्रालयका प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले महीनावारीलाई सहजरुपले लिइ परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षा सञ्चालन भइरहेको समयमा महीनावारी भैइहाले आफूलाई सहज रुपमा लिनसकिन्छ भन्ने आत्मविश्वास उनीहरूमा बढ्ने भएकाले परीक्षा दिने वातावरण बनाउन परीक्षा केन्द्रबाटै सेनेटरी प्याडको व्यवस्था गर्न लागेका हौँ ।’

चैत १० गतेदेखि शुरु हुने एसइई परीक्षामा तनहुँमा ६ हजार ३५७ विद्यार्थी मध्ये २४ परीक्षा केन्द्रमा तीन हजारभन्दा बढी छात्रा सहभागी हुँदैछन् ।मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उक्त चेक समन्वय एकाइका निमित्त प्रमुख डिल्लीरमण भट्टराईलाई प्रदान गर्नुभएको छ ।

निमित्त प्रमुख भटृराईले केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणको समयमा यस विषयमा जानकारी गराई सहज रुपमा प्याड वितरणको व्यवस्था मिलाइने जानकारी दिनुभयो । मन्त्रालयले गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका जिल्लामा सेनेटरी प्याड खखरिका लागि करिब ५ लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…