Nic

विप्लवलाई ३५ दिनभित्र सबै हतियार बुझाउन निर्देशन

हतियार बुझाउने हो भने रातो कार्पेट ओछ्याएरै स्वागत गर्छौ

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सबै हतियार ३५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । विप्लव समूहले हिंसात्मक गतिविधि बढाउन थालेपछि सरकार कडा रूपमा प्रस्तुत भएकाे हो ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को पछिल्ला निर्णय सार्वजनिक गर्दै वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो । ‘हतियार बुझाउने हो भने रातो कार्पेट ओछ्याएरै स्वागत गर्छौ’ उहाँले भन्नुभयो ‘ सिके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्यो । भोलि विप्लव समूह पनि आएमा सरकारले स्वागत गर्छ तर गतिविधि र अडान उहाँहरु शान्तिपूर्ण राजनीतिमा आउने देखिइँदैन । त्यही भएर सरकार यस्तो निर्णयमा पुगेको हो ।’

मन्त्री बास्कोटालेले विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधिमा लागेकै कारण सरकार त्यस्ता गतिविधिलाई प्रतिबन्ध बाध्य भएको उल्लेख गर्नुभयो । मन्त्री बास्कोटाले सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दलले पनि स्वागत गरिसकेको बताउनु भयो । ‘यसबारे अब पार्टीभित्र पनि छलफल हुन्छ’ उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकार र राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग गरिएको सहमतिमा उल्लिखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ निर्वाचनबाट जनताले अभिव्यक्त गर्ने मत भएको जनाउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।

मजदुरको आन्दोलनका कारण नटिपिएपछि इलामका सरकारी चिया बगानहरुमा चिया छिप्पिएको छ ।

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…