Nic

साफ च्याम्पियनसिप फुटबलमा भुटान पराजित

विनु तिम्सिना
मोरङ । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई २–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन् ।

मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गोल गर्न सफल भईकी थिइन् । त्यस्तै खेलको ८६ औंं मिनेटमा बंगलादेशकी सविना खातुन्ले अर्को गोल गरेकी छन् । यो सँगै भुटानको अघिल्लो चरणको प्रवेशको सम्भावना सकिएको छ । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । बंगलादेशको आक्रमणलाई भुटानी डिफेन्डरले पहिलो हाफसम्म निस्तेज बनाएका थिए । उद्घाटन खेलमा भुटानले नेपालसंग ३–० को पराजय ब्यहोरेको थियो ।

भुटानको पराजयसँगै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ भने समूह चरणमा बंगलादेश र नेपालको समान ३–३ अंक जोडिएको छ । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । समूह बीका श्रीलंका र माल्दिभ्सबीच भोलि अर्थात शुक्रबार खेल हुनेछ । समूहबीमा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ ।

भारतले नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । भारतले चारैपटक उपाधि हात पारेको छ । समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।