Nic

विप्लवको यात्रा प्रतिबन्धपछि कता ?

विप्लवबारे प्रचण्डको मौनताको अर्थ उनीविरुद्ध केवल ओली बोलिरहुन र ठोकिरहुन भन्ने रहेको कतिपयको विश्लेषण छ ।

काठमाडौं । सरकारले अपराधिक गुट र लुटेरा समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दको जीवनमा पुनः नयाँ मोड आइपुगेको छ । तत्कालिन माओवादीको संविधानसभाबाट गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र संघियता लगायतका मागहरु कार्यान्वयनका चरणमा प्रवेश गरेको सरकारी दाबी भएपनि विप्लव समूह आजपनि बन्द, हड्ताल र भूमिगत जीवन बिताइरहेको छ ।

सरकारले संविधानको मर्मविपरित गैरकानुनी रुपमा आफूहरुमाथि लगाएको प्रतिबन्ध गैरकानुनी र प्रतिगामी सोचको उपज भएको बताउने विप्लव समूहले शान्तिपूर्ण आन्दोलनमा सहभागी आफ्नो पार्टीलाई झन उत्तेजित बनाएको ठहर गरेको छ । महासचिव विप्लवले एनसेल प्रकरणमा केही त्रुटि भएपनि पार्टीको संगठन विस्तार र मजदुर वर्गका हकअधिकारका लागि सामाजिक अभियान चलाइरहेको दावी गरेपनि सरकारले राजनीतिको नाममा चन्दा आतंक मच्चाइरहेको निश्कर्ष निकालेको छ । सरकारको विप्लव समूहलाई प्रतिबन्ध लगाउने र लुटेरा समूह घोषणा गरी समाप्त पारिदिने चेतावनीले उसलाई गाह्रो बनाउने देखिएको छ ।

आक्रामक रुपमा अघि बढेको सरकारको निसानामा परेका विप्लवको राजनीतिक भविष्य सरकारलाई उनले सामना गर्ने रणनीतिमा भरपर्ने देखिन्छ । सरकारी दमनको प्रतिवाद गर्न सकेनन् भने उनको तीन दशक भन्दा लामो राजनीतिक जीवनमा गम्भीर धक्का लाग्ने सम्भावना एकातिर छ भने, अर्का तिर उनको रणनीति सफल हुँदा देश अझै लामो द्वन्द्वमा रुमल्लिने खतरा छ ।

प्रतिबन्धसम्म आइपुग्दा विप्लव
वि.स २०३९ सालमा अनेरास्ववियु (छैटौँ) मा आवद्ध भई विद्यार्थी राजनीतिमा जोडिएका विप्लवको तीन दशक लामो राजनीतिक जीवनका सरल भन्दा जटिल श्रृंखला ज्यादा छन् । जनयुद्धकालिन सहकर्मीहरु जनआन्दोलनपछि पटक–पटक मन्त्री भइसक्दापनि विप्लवले सत्ताको नजिक पुग्ने अवसर पाएका छैनन् । माओवादी पार्टीभित्र आफूलाई मन नपरेको एजेन्डामा खुलस्त प्रतिवाद गर्ने छवि बनाएका उनले सँगै हुँदापनि मूल नेतृत्वका अधिकांश कुराको प्रतिवाद गर्दै आएका थिए ।

२०६९ को एकीकृत माओवादीको विभाजनमा मुख्य भूमिकामा रहेका विप्लवले त्यसको २ वर्षपछि मोहन वैद्य नेतृत्वको माओवादीसँग सम्बन्ध विच्छेद गरेर आफ्नो छुट्टै पार्टी निर्माण गरेका थिए । मुलुकमा चन्दा आतंक मच्चाएको भन्दै सरकारले केही समय अघि उनका विश्वासपात्र पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्मासहितका नेता कार्यकर्तालाई पक्राउ गरेपछि उनी रक्षात्मक बनेका थिए । पार्टीका महत्वपूर्ण नेताहरु पक्राउ परेपछि संकटमा परेका विप्लवले सरकारसँग आन्दोलन नर्चकाउने सर्तमा वार्ता गरेपनि नेता कार्यकर्ता छुटेपछि पुनः वार्ता छोडेर आन्दोलन तिर लागेका थिए ।

रनभुल्लमा पर्ने खतरा
सरकारले सिध्याइदिने घोषणा गरेको यो समुहको अबको यात्रा भने निकै कष्टकर हुने देखिएको छ । आजको खुल्ला परिस्थितिमा युद्धको शंखनाद गरौं, कार्यकर्ताले पार्टी छाड्ने डर, नगरौं परिआए युद्ध गर्छौं भनेर गरिएका हुँकारहरुले चिमोटिरहने पीडाले विप्लव समूह गिंजोलिएको देखिन्छ ।

यतिबेला सरकारी नेकपाका हर्ताकर्ता बनेका पूर्वमाओवादीका नेताहरुको भित्री उद्देश्य जसरी पनि विप्लवलाई तह लगाउनु रहेको देखिन्छ । यो उद्देश्य पुरा गर्न उनीहरु सत्ताको नेतृत्व गरिरहेको पूर्व एमाले गुटको प्रयोग गरिरहेका देखिन्छन् । विप्लवबारे प्रचण्डको मौनताको अर्थ उनीविरुद्ध केवल ओली बोलिरहुन र ठोकिरहुन भन्ने रहेको कतिपयको विश्लेषण छ । यसरी राजनैतिक एजेण्डा विहीनतातर्फ हिंडिरहेको विप्लव समूहको यात्रामा सरकार र आफ्नै पूर्व सहयोद्धाहरुको लखेटाइले नमिठो पीडा दिने देखिन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।