Nic

आगलागीबाट १ करोड ४० लाख बढीको क्षती

भगीरथ भण्डारी

इलाम । सन्दकपुर गाउँपालिकाको माईपोखरीस्थित एक होटलमा बिहिबार भएको आगलागिबाट ५ वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

शुक्रबार दिउसो स्थानीय चक्रदिप मुखीयाको भान्साबाट शुरु भएको आगोले १ करोड ४० लाख बढीको क्षती भएको अनुमान गरिएको छ ।
आगलागिबाट चक्र मुखीयासहित निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखीया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्मित होटल र सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

चक्रदिप मुखीयाले संचालन गरेको सिम्रन होटल जल्दा ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद नष्ट भएको जनाईएको छ । यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जल्दा ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन नष्ट भएको छ । आगलागिबाट कमल मुखीयाको होटलसंगै १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद , १ तोला सुन र १० तोला चाँदी जलेर नष्ट भएको छ ।

यस्तै आगलागिबाट स्थानीय लाक्पा शेर्पाले संचालन गरेको होटल जल्दा २९ लाख बढीको क्षती भएका छ भने मिङमादिकी शेर्पाको होटल जलेर नष्ट हुँदा ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन नष्ट भएको छ ।
आगो नियन्त्रण स्थानीय , नेपाल प्रहरी , नेपाली सेना र इलाम नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगो नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल ढिलो गरी पुगेको स्थानीय तथा होटल संचालकको गुनासो छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…