Nic

‘प्रचण्डलाई मार्ने सूचना’

प्रहरीको उच्च सतर्कता

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हत्या गर्ने षड्यन्त्र गरेको बताउनुभएको छ ।

‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुको म (प्रचणड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,‘दाहालले भन्नुभयो, ‘के भएको होला साथीहरुलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ?

‘साथीहरले नयाँ बाटो खोज्नुस् प्रचण्डै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो । भ्रमले परिमाण दुभाग्यपूर्ण आउँछ । ’ समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

प्रहरीको उच्च सतर्कता
नेत्रविक्रम चन्द ‘विप्वल’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ । विप्लवका गतिविधि सुक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन् । प्रहरी मुख्यालयले राजधानीका प्रहरी एकाइ, प्रदेश र जिल्ला सुरक्षा समितिलाई विप्वल समूहका गतिविधिमाथि विशेष निगरानी गर्न निर्देशन दिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।