Nic

परिवारै मिलेर ६ सय जनाको ६ करोड ठगी

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेसन कन्सल्टेन्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीन कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ सयभन्दा धेरै व्यक्तिसँग ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती बिमला तामाङले अन्य व्यक्तिसँग मिलेर तीन कम्पनी खोलेर पोल्याण्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् ।

तामाङदम्पतीले दृष्मा ओभरसिज, नलिब बचल तथा सहकारी संस्था र नाल एजुकेशन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललिपुरका प्रखुख एसपी रवीन्द्रसिंह धानुकले बताए । ‘हामीसँग ती कम्पनीबाट पीडित ५ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्,’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी १४ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ ।’

प्रहरीले दृष्मा ओभरसिजका सञ्चालक अरुणकुमार महतो र नबिल बचत तथा सहकारी संस्थाका उपाध्यक्ष हरिबहादुर लामालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु दुवै मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य १२ जनलाई फरार अभियुक्त सम्बन्धी मुद्दा दायर गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको प्रष्ट पार्नुभयो ।

बाँकी २३ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिनुभयो ।

मजदुरको आन्दोलनका कारण नटिपिएपछि इलामका सरकारी चिया बगानहरुमा चिया छिप्पिएको छ ।

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…