Nic

प्रतिबन्ध भारु नोट फेरि चलाउने तयारी

काठमाडौं । राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो ।

राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक) अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर २ सय, ५ सय, हजार र २ हजार दरको नोट चलनचल्तीमा ल्याउन, नेपाल–भारतमा ल्याउन–लैजान र नेपालमा संकलन भएका भारु भारतले सटही गरिदिने व्यवस्थाका लागि आग्रह गरेको थियो ।

एक साताअघि आरबीआईले जवाफ पठाएको छ । जवाफमा प्रतिव्यक्ति २५ हजारसम्म २ सय र ५ सय दरका भारु नेपाल लैजान पाउने अनुमति दिइएको छ । समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक काममा व्यस्त भइनेछ । धर्ममा रुचि जानेछ ।वृष– अपमानको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।मिथुन– व्यावसायिक यात्रा…

जिल्लामा १० महिनाको अवधिमा ८४ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा १५ जनाले जीवन गुमाएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी कसैले फुटाउन नसक्ने बताउनु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनु भएको छ ।