Nic

सिकेको विजय उत्सवभित्र लुकेको रहस्य ?

सिके राउतमा किन उन्माद ?

खेम बम

हिले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिलाई लिएर सरगर्मी बढिरहेको छ । विखण्डनकारी गतिविधिमा संलग्नलाई राजनीतिक प्रसय दिएको भन्दै एकथरी बहसमा छन् भने ठूलो उपलब्धि हासिल गरेको सरकारको तर्क छ । देश टुक्रयाउने एजेण्डा बोकेर स्वतन्त्र मधेस गठबन्धन निर्माण गरी अनौपचारिक संगठन मार्फत् आन्दोलित राउतलाई प्रशासनिक तवरले तह लगाउनुपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाकै केही नेताको मत छ । तर, सरकारले अराजक गतिविधिमा रहेको संगठनलाई मुलधारको राजनीतिमा ल्याउनु निकै ठूलो उपलब्धि ठानेको छ ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतले सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेको तेस्रो दिन जनकपुरमा आफ्ना समर्थकलाई उतारेर विखण्डनकारी नारा लगाएको दृष्यले सबैलाई झस्काएको पक्कै छ । यसको भित्रि क्लू के हो ? सरकारसँग जवाफ छैन । मात्रै सरकारले यति भन्न सकेको छ– ‘अराजक गतिविधि गरे राउतले नराम्रो परिणाम बेहोर्नुपर्नेछ ।’ एक उखान छ, ‘तातो दुध निल्नु न उकेल्नु’ कहीँ सरकारलाई यस्तै हुन्छकी ! बहस गर्ने बेला अझै भइसकेको त छैन, तैपनि सिकेले मधेसमा एकपछि अर्को कार्यक्रम गरिरहँदा र जनमतलाई गुमराहमा पारिरहँदा सरकारले गरेको सहमतिको दोस्रो बुँदाले के म्यासेज दिन्छ भन्ने बिषयमा गम्भीर वकालत गर्ने बेला पक्कै भएको छ । कतै राजपाले सरकारको समर्थन फिर्ता लिएपछि सिकेलाई काउण्टर त दिइएको होइन ? यदि यसो भने नेकपाकै शीर्षस्थ नेताहरुसँग छलफल नै नगरी अपरिपक्व निर्णय भएको छ ।

चैत्र ५ गते सिराहमा सिके राउतलाई नागरिक अभिनन्दन गरिँदैछ । निकै प्रचारप्रसार गरेर मधेसका जनतालाई त्यहाँ ओराल्ने प्रपञ्च तयार भइसकेको छ । सिके के को खुसीयालीमा यति मग्न छन् भन्ने सरकारले जवाफ लिने बेला आएको होईन र ? पर्चा, पोस्टर, सामाजिक सञ्जालमा यतिठूलो तडकभडक गराएर ठूलो मास जमघट हुँदैछ त्यहाँ । अझै बेला भएन र, सिकेलाई प्रश्न गर्ने सरकारको ? सिकेलाई मुलधारको राजनीतिमा ल्याएको भनेको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’सँग अल्झिरहँदा मधेसमा के गतिविधि भइरहेको छ भन्ने बिषयमा चनाखो र खरो रुपमा उपस्थिति जनाउनुपर्छ । अन्यथा देश टुक्रयाउने सपना बोकेका सिकेले सरकारसँग सम्झौता गरौँला भन्ने सोचेका पक्कै थिएनन् । यति सहज वातावरणमा ‘सेफ ल्याण्डिङ’ गरेका उनका पछिल्ला गतिविधि भित्र रहस्य पक्कै छ ।

सरकार आलोचित कसरी नहोस् ? विखण्डनकारी गतिविधिमा संलग्नलाई प्रसय दिने र एक राजनीतिक पार्टीलाई मुलधारमा ल्याउन नसक्ने ? यो बिषयले सरकारको जोगिएको साखमाथि पुनः हमला नगर्ला भन्न सकिदैन । जे जति निर्णय भएका छन् सान्दर्भिक छन् भन्ने बुझ्नेगरी जनतालाई भन्न जरुरी छ । आफ्नै भित्रका शीर्षस्थ नेताहरुसँग छलफल बहस गरी यो बिषयलाई टुंग्याउन जरुरी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…