Nic

यस्तो रहनेछ विज्ञापन नियमन विधेयक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापनको क्षेत्रमा देखिएका वेथिति रोक्नका लागि सरकारले विज्ञापन नियमन गर्ने विधेयक ल्याएको स्पष्ट पार्नुभएको छ ।

संघिय संसद राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री बास्कोटाले विज्ञापनका लागि छुट्याईएको बजेटको दुरुपयोग रोकी विज्ञापन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन विज्ञापन विधेयक २०७५ ल्याइएको बताउनुभएको हो । विधेयकले आवश्यक नियमावलि र निर्देशिका तथा मापदण्ड बनाउनका लागि प्रत्यायोजित गरेको अधिकारको सम्बन्धमा भने आवश्यक संसोधन गर्न सकिने बताउनुभयो । विधेयकमाथि संसोधन दर्ता गराएकाहरुले विधेयकले प्रत्यायोजित गरेको अधिकारका सम्बन्धमा राखेको जिज्ञासामा उहाँले विधेयकमा उल्लेखित प्रत्यायोजित अधिकारका प्राविधिक पक्ष आवश्यकता अनुसार संसोधन गर्न सकिने बताउनुभयो ।

संसोधनकर्ताहरु राम नारायण विडारी, राधेश्याम अधिकारी लगायतले ऐन जारी भईसकेपछि ऐन कार्यन्वयन गराउने निकायले जथाभावी रुपमा नियमावलि, निर्देशिका र मापदण्ड बनाउने कार्यको नियन्त्रणको व्यवस्था ऐनमा नै गरिनुपर्ने सुझाव दिएका थिए । अधिकार प्रत्योजन र मापदण्ड बनाउने अधिकार विज्ञापन बोर्डलाई दिन नहुने तर्क उहाँहरुको थियो ।

मापदण्ड निर्धारण गर्न सक्ने व्यवस्था अन्र्तगत विधेयकको दफा ३६ मा यस ऐनको कार्यान्वयनको लागि बोर्डले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ भन्ने उल्लेख छ । त्यसैगरी दफा ३३ मा अधिकार प्रत्यायोजन अन्र्तगत बोर्डले आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अध्यक्ष वा सदस्य वा बोर्डको कुनै कर्मचारी, दपफा २३ को उपदफा २ बमोजिमको अनुगमन तथा नियमन समिति वा दफा ३२ बमोजिमको उपसमिति वा कार्यदल वा नेपाल सरकारको कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ भन्ने उल्लेख छ । ऐन कार्यान्वयनका लागि आवश्यक नियम बनाउने अधिकार भने नेपाल सरकारलाई दिईएको छ ।

समितिले विधेयकका बारेमा सम्बन्धीत मन्त्री, सचिव र संसोधनकर्ताहरुसंग छलफल गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…